केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले बागमती, सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।बाँकी भूभागमा आंशिक बदली छ ।गण्डकी प्रदेशका थोरै स्थानमा साथै कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । पहाडी भूभागका थोरै स्थानमा साथै तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।
देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
Comments
अरु समाचार
-
एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा लिङ्थेप नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विदुरकुमार लिङ्थेप (सुब्बा) नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री एवं एमाले...
-
उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’...
-
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित हात पारेको छ...
-
एनपीएल: कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
काठमाडौं । कर्णाली याक्सले एनपीएलमा जनकपुर बोल्टस्लाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले...
-
कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, एमाले दोस्रो स्थानमा
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगले जारी गरेको पछिल्लो...
-
जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जित्यो
काठमाडौं । नेपाल प्रिमियर लिग (नपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको...
-
काठमाडौंलाई ५ विकेटले पराजित गर्दै चितवनको विजयी सुरुवात
काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई...
-
प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको...
-
कीर्तिपुर-४ वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार बानियाँ विजयी
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर–४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन्। कांग्रेसका उम्मेदवार राजेन्द्र...