ताजा समाचार

प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थल जाँदै

काठमाडौं । सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् । बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो ।

त्यस क्रममा १८ जनाको मृत्यु भएको थियो भने एक जनाको जीवितै उद्दार गरिएको थियो । उक्त दुर्घटनाको सूचना पाएपछि प्रधानमन्त्री ओली दुर्घटनास्थल त्रिभुवन विमानस्थल जान लागेका उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

गृहमन्त्री रमेश लेखक पनि विमान दुर्घटनास्थल पुगिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org