आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ।
कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।
“धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ”, उनले भने।
घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए।
Comments
अरु समाचार
-
पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ
काठमाडौं । पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
-
लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जना पक्राउ
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको...
-
मकवानपुरबाट २ सय १२ किलोग्राम गाँजा बरामद
काठमाडौं । मकवानपुर प्रहरीले ठुलो परिमाणको लागूऔषध गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको कैलाश गाउँपालिकाबाट मनहरी गाउँपालिकातर्फ आउँदै...
-
वृद्ध महिलाको हत्यामा संलग्न भएको आरोपमा एक महिला पक्राउ
काठमाडौं । वृद्ध महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिव्दीकोट गाउँपालिका–५, हर्केखर्क...
-
देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । जस अनुसार रौतहटस्थित चन्द्रपुर नगरपालिका– ४ बाट अवैध लागूऔषध खैरो...
-
नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !
काठमाडौं । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका...
-
कुटपिटबाट मजदुरको मृत्यु
काठमाडौं । कुटपिटबाट रुपन्देहीमा एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका–७, हीरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा...
-
रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेता सहित दुई जना पक्राउ
काठमाडौं । रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेता सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चार सय ३१ किलो रक्त...