ताजा समाचार

प्रभु बैंकको ३१५औँ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले शुक्रबार देखि प्युठान नगरपालिका-४ स्थित बिजुवारमा ३१५ औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जीसी ले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैङ्किङ सेवा विस्तार गरेको छ । यो अभियानले देश भरिनै बैङ्किङ पहुँचमा वृद्धिसँगै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org