अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने महिला भलिबल टीमसँग प्रधानमन्त्री ओलीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टीम र अफिसियल टोलीलाई भेटेका छन् । बालुवाटारमा ब्रेकफास्टसहितको भेटघाटमा प्रधानमन्त्रीले करिब २ घण्टा बिताएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच नेपाली भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो ।
मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीले बताएका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।
प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही ३ लाख दिने निर्णय गरिसकेको जानकारी गराए । उनले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प पनि गरेका छन् ।
‘तपाईँहरूलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने कामहरू गर्नेछौँ । आगामी खेलमा जित्छौँ जुन तपाईँहरूको मनोबल छ, त्यो साकार होस्’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’
प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टीमको प्रशंसा गरेको स्मरण गरे । विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टीमको सम्भावना लुकेको उनको भनाइ छ । दुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ मा नेपाली टीम उप विजेता भएको थियो ।
Comments
अरु समाचार
-
सोमबार बस्ने संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्छ : उपसभामुख राना
काठमाडौं । आगामी सोमबार बस्ने संवैधानिक परिषद्को बैठकले घनिभूत छलफल गरेर प्रधानन्यायाधीश पदको सिफारिस गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी...
-
सामाजिक सञ्जालमा रोनाल्डोको इतिहास, एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
काठमाडौं । स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सामाजिक सञ्जालको प्लेट फर्ममा एक अर्ब फलोअर्स प्राप्त गर्ने पहिलाे व्यक्ति बनेका छन् ।...
-
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी...
-
मानसरोवर कैलाश जाने धार्मिकयात्रीको सङ्ख्या बढ्दो
रसुवा । गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी...
-
सार्की समुदायकाे जुत्ता सिलाउने पुर्ख्याैली पेसा जोगाउन सास्ती
कञ्चनपुर : कञ्चनपुरको झलारी बजार छेउको सडकमा बसेर फाटेका जुत्ता, चप्पल सिउने, चम्काउने काम गर्दै आउनुभएका ६६ वर्षीय डम्बर सार्कीको...
-
चीनको मन्दीको कारण विश्वव्यापी इन्धनको माग न्युन
बेइजिंग । सन् २०२३ को पहिलो छ महिनामा इन्धनको माग २३ लाख ब्यारेल प्रतिदिन रहेकोमा सन् २०२४ को सोही अवधिमा...
-
आजको राशिफलः २०८१ साल भदौ २८ गते शुक्रबार
मेष : व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा...
-
वरुण वेभरेजले नेपालमा मात्रै वार्षिक १२ अर्ब बराबरको कारोबार गरेको तथ्यांक
काठमाडौं । वरुण वेभरेजले नेपालमा मात्रै वार्षिक करिब १२ अर्ब बराबरको कारोबार गर्दै आएको तथ्यांक सार्वजनिक गरिएको छ । चर्चित...
-
कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था ? यी हुन् विधेयकमा भएका व्यवस्था
काठमाडौँ, २७ भदौ । राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ...