ताजा समाचार

क्रिस्टियानो रोनाल्डोले पूरा गरे ९ सय गोलको कीर्तिमान

काठमाडौं । फुटबल जगतका महान पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले माथिल्लो स्तरमा ९ सय गोल पूरा गरेर नयाँ कीर्तिमान राखेका छन् ।

पोर्चुगलका राष्ट्रिय फुटबल टोलीका कप्तान रोनाल्डोले नेसन्स लिगमा बिहीवार क्रोएसियालाई २–१ ले हराउँदा रोनाल्डोले दोस्रो गोल गरेपछि ९ सय गोल पूरा गर्दै कीर्तिमान राखेका हुन् ।

पोर्चुगलका लागि खेल्न थालेको २० वर्षपछि रोनाल्डोले राष्ट्रिय टोलीका लागि भने १ सय ३१ औं गोल पूरा गरेका छन् ।

रोनाल्डोले ९ सय गोलको कीर्तिमानका लागि स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १ सय ४५, रियल म्याड्रिडबाट ४ सय ५०, युभेन्टसबाट १ सय १ र अहिले साउदी अरबको अल नासरबाट ६८ गोल गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org