ताजा समाचार

बसको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं १० को भैसाखोरीमा गए राति बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गमा गैँडाकोटबाट कावासोती तर्फ जाँदै गरेको ना ७ ख २५२५ नं.को बसले पैदल यात्रीहरू ७ वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ७ वर्षीय बालक विशाल श्रेष्ठ घटनास्थलमै मृत्यु भएको थियो भने बालककी हजुरआमा श्रीमाया मानन्धरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने सवारी साधन र चालक कावासोती २ का मधू पौडेललाई नियन्त्रणमा लिएको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org