रास्वपा सभापति लामिछाने विरुद्ध आक्रोश बढ्दो, पोखराका सहकारी पीडितले देखाए कालो झण्डा
काठमाडौं । सहकारी ठगी प्रकरणमा करोडौं रमक अपचलनको आरोप लागेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पोखराका सहकारी पीडितहरूले विरोध गर्दै कालो झण्डा देखाएका छन् ।
आज पोखरामा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी पीडितले कालो झन्डा देखाउँदै नाराबाजी गरेका हुन् । लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधनका लागि पोखरा पुगेका बेला सहकारी पीडितको आक्रोशमा परेका हुन् ।
रास्वपाले पोखरा बिरौटास्थित ग्यालेक्सी बैंक्वेटमा प्रदेशस्तरीय कार्यक्रम राखेको छ । विमानस्थलबाट उत्रिएर कार्यक्रमस्थलमा जाने क्रममा रविले सहकारी पीडितहहरूको विरोधको स्वर र नाराबाजी सुन्नु परेको हो ।सहकारी पीडितहरूले कार्यक्रमस्थलबाहिर जम्मा भएर रविविरुद्ध नाराबाजी गरिरहेका छन् ।
पोखरास्थित सूर्यदर्शन सहकारी पीडितहरू ठूलो संख्यामा भेला भएर रविको विरोध गरेका हुन् । सहकारी पीडितहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आफूहरूको बचत रकम हिनामिना गरेको भन्दै नाराबाजी गरेका छन् ।
सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको बताउँदै सहकारी पीडितहरूले रविविरुद्ध चर्का नाराबाजी पनि गरेका छन् । रविले सोमबार मात्रै धनगढीमा आफू प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेट्वर्कमा सहकारीबाट अवैध रुपमा लगानी भित्रिएको स्वीकार गरेका थिए ।
रविलाई सहकारी प्रकरणमा संसदीय समितिले यसअघि नै ५१ वटा प्रश्नको जवाफ माग्दै ९ घण्टा लामो बयान लिइसकेको छ । त्यसैगरि कास्की प्रहरीले पनि काठमाडौंमै पुगेर रविसँग बयान लिएको थियो । तर, आफू प्रबन्धक निर्देशक भए पनि सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा ल्याउन आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन् ।
यसअघि ७ पुस २०८० मा रविलाई लक्षित गरी पोखरामै खोया हानिएको थियो। अमरसिंहचौरस्थित खेल मैदानमा पार्टीको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया हानेका थिए ।
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
काठमाडौं । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...