नेपाली सेनाले असक्त तथा बेसहारा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्यो
सुर्खेत । सुर्खेतको प्रशान्ति वृद्धाश्रममा नेपाली सेनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । शनिबार नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर तथा अन्तर्गतका युनिटबाट संकलित खाद्य सामाग्रीसहित स्वास्थ्य परीक्षण गरिएको हो ।
असक्त तथा बेसहारा ज्येष्ठ नागरिकहरूलाई सहयोग पुग्ने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य जाँचसँगै खाद्यान्न सहयोग गरेको उत्तर पश्चिम पृतना हेडक्वाटरका उपरथि अनुपजंग थापाले बताए ।
सेनाले खाद्य बैंक स्थापना गरी मानवलाई आश्रय दिइरहेका विभिन्न सामाजिक संस्थालाई प्रत्येक युनिटले एक व्यक्तिका लागि आवश्यक पर्ने खाद्य सामाग्री व्यवस्थापन गरी हस्तान्तरण गर्दै आएको छ । सेनाले हरेक महिनाको अन्तिम शनिवार आश्रममा रहेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्ने गरेको छ ।
आश्रममा आश्रित २९ जना ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा औषधि वितरणसमेत गरेको छ । सैनिक श्रीमती सङ्घका सल्लाहकार भावना राज्यलक्ष्मी थापाले आश्रममा आवश्यक परेको बेला सेना मान्र नभएर सवैको सहयोगको खाचो रहने बताइन् ।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । काठमाडौं जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक,...