बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान १० बजे बस्दैछ । असोज ९ गते बस्ने भनिएको बैठक तयारी पूरा नभएको भन्दै आजका लागि सारिएको थियो । अहिले सर्वोच्च अदालतमा ४ र उच्च अदालतमा १६ जना न्यायाधीशहरु पद रिक्त छन् ।
फुलकोर्टको बैठक जहिल्यै बुधबार बस्ने प्रचलन भएपनि हिजो (बिहीवार) बसेर १५९ जना वकिललाई वरिष्ठ वकिलको उपाधि दिने निर्णय विवादमा परेको छ । वैशाखदेखि दिइने भनिएको वरिष्ठ पदको उपाधि हिजो दिनु र आज न्यायपरिषद्को बैठक बस्नु आफैंमा विवादित विषय भएको टिप्पणी गरिएको छ । कांग्रेसका उपसभापति एवम् विवाददास्पद छवि भएका नेता पूर्णबहादुर खड्काका मान्छे हौं भन्ने केही वकिल पनि वरिष्ठ भएका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा आफूहरु नियुक्ति हुन्छौं भन्दै केही वरिष्ठको उपाधि पाएका वकिलहरुले अपवाह फैलाएका छन् । उपसभापति खड्का ढोंगी र मन्त्री हुनका लागि प्रचण्डका पिछलग्ग् हुन् । आफै उपप्रधानमन्त्री हुँदा आफ्ना सहकर्मी बालकृष्ण खाँणलाई पक्राउ गर्न उनले सहयोग गरेका थिए ।
प्रधानन्यायाधीश र न्यायपरिषद्का केही सदस्यहरु उच्च अदालतका मुख्य न्यायाधीशहरुलाई सर्वोच्च लैजान जोडबल गरिरहेका छन् । न्यायपरिषद्का केही सदस्यहरु भने हिजो बिहीबार मात्रै वरिष्ठ भएका क्षमताहिन वकिलहरुलाई न्यायाशीश बनाउन मरिहत्ते गरिरहेका छन् । वरिष्ठ वकिललाई न्यायाधीश बनाउनै परे पूराना वरिष्ठ वकिलहरु मेघराज पोखरेल, ईश्वरी भट्टराई, विजय मिश्रलाई प्राथमिकता दिनुपर्नेमा प्रधानन्यायाधीश सहमत छन् ।
सिफारिस हुन सक्ने न्यायाधीशको सुचीमा उच्च अदालतका मुख्य न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डे, रमेश प्रसाद राजभण्डारी, लोहितचन्द्र शाह लगायत रहेका छन्। विशेष अदालतमा रहँदा सिक्टा सिचाई आयोजनाको नहर निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विवादास्पद फैसला गरि कालिका कन्ट्रक्सन जेभी र त्यसका अध्यक्ष विक्रमबहादुर पाण्डेलाई सफाई दिने फैसला गरेर त्यहाँको माटो र भुगर्भलाई दोषी ठहर गर्ने विवादास्पद मुख्य न्यायाधीश श्रीकान्त पौडेल पनि न्यायाधीशमा सिफारिस हुन खोज्दैछन। त्यसैगरि विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले पनि सर्वोच्च अदालतको न्यायाधीश बन्ने इच्छा देखाएका छन् ।
नेपाल बारका अध्यक्ष गोपालप्रसाद घिमिरे भने आफू सर्वोच्च अदालतको न्यायाधीश हुने र आफू नभए केही वकिलहरुलाई उचालेर न्यायाधीश नियुक्त हुन नदिन विगतदेखि लागिरहेका छन् । घिमिरेलाई परमादेश फैसलापछि कानुन मन्त्री बनेका गोविन्द शर्मा बन्दी कोइरालाले उचालिरहेका छन् । उनले विगतमा कानुनमन्त्री हुँदा उच्च र सर्वोच्चको न्यायाधीश बनाइ दिन्छु भन्दै पैसा उठाएका थिए । पैसा दिएका मान्छेहरु न्यायाधीश नहुने भएपछि न्यायाधीश नियुक्ति रोक्नका लागि बार अध्यक्षसँग मिलेर चलखेल गरेका हुन् ।
Comments
अरु समाचार
-
ट्रम्पले संघीय शिक्षा विभाग हटाउने योजना थाले
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी थाल्नुभएको छ । उहाँले शिक्षा विभागलाई हटाउन शुरू...
-
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । सिंगापुर नेसनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार...
-
आजको राशिफल : २०८१ चैत ८ गते शुक्रबार
मेष: हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ...
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन दिएको छ । स्ववियु...
-
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री...
-
अन्तर्राष्ट्रिय ओलपम्पिक कमिटीको निर्वाचन आज
काठमाडौं । विश्व खेलकुदको शक्तिशाली संस्था मध्येको एक अन्तर्राष्ट्रिय ओलपम्पिक कमिटी आइओसीको नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । सन् २०१३...
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूका प्रश्नकाे जवाफ दिने
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
-
रुसले युद्धविरामका शर्तहरू उल्लंघन गरेमा बदला लिने जेलेन्स्कीकाे चेतावनी
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग...