ताजा समाचार

वर्षाका कारण हवाई उडान प्रभावित

काठमाडौं । बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिएका छन् ।

शेर्पाका अनुसार जनकपुर, भैरहवा, सिमरा र धनगढीमा उडान भएको तर बाँकी विमानस्थलमा खराब मौसमका कारण उडान हुन सकेको छैन ।

पहाडी र हिमाली क्षेत्रका उडान रद्द भएका छन् भने अन्य विमानस्थल खुल्ने क्रममा रहेकाले दिउँसोपख मौसम खुलेमा उडान हुन सक्ने उनले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org