ताजा समाचार

जीबी राई कहिल्यै पनि एपीवान टीभीको सञ्चालक नरहेको अन्नपूर्ण मिडिया प्रालिको दाबी

काठमाडौं । गितेन्द्रबाबु (जीबी) राई नामक व्यक्ति कहिल्यै पनि एपीवान टेलिभिजनको सञ्चालक नरहेको अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले दाबी गरेको छ । मिडिया प्रालिका लेखार व्यापार विभागका प्रमुख केशरी बल्लभ दाहाले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी द्रिएका हुन् । प्रमुख दाहालले विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत प्रष्ट पारेका छन् ।

‘अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा.लि. (एपीवान एचडीटिभी) को सञ्चालनकालदेखि नै जीबी राई नामक व्यक्ति यस टेलिभिजनको सञ्चालक नभएको र निजले कुनै पनि सहकारीमार्फत् यस संस्थामा लगानी गरेको कुरामा कुनै सत्यता नभएको व्यहोरा सबैमा जानकारी गराउदछौं विज्ञप्तिमा छ,’यस टेलिभिजन प्रचलित कानून बमोजिम स्थापित भई राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र मुलुकको बृहतर हित सुशासनको संरक्षण र प्रवर्द्धन गर्न पत्रकारिताको स्थापित मूल्य मान्यता बमोजिम निष्पक्ष, स्वतन्त्र टेलिभिजन मार्फत आम नागरिकलाई सूचना संप्रेषण गरिरहेको कुरा विदितै छ ।’

नेपाल सरकार, संसदीय समिति एवम् सम्बन्धित सरोकारवाला संघ-संस्थाले विद्यमान सहकारी समस्याको समाधान गरि सहकारी पीडितहरुलाई न्याय दिलाउन हालसम्म गरिएको प्रयास र उपलब्धिको निरन्तरता र सफलताको लागि मिडिया प्रालि सदैव सकारात्मक र सहयोगी रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org