ताजा समाचार

विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।

हेलो सरकारको ह्वाट्स नम्बर नम्बर ९८५११४५०४५ मा विपद्जन्य सूचनाहरू दिन आग्रह गरेको हो । देशका कुनै पनि ठाउँमा विपद्जन्य घटनाहरु भएमा वा सर्वसाधारण विपद्मा परेको अवस्थामा उक्त नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

स्थानीय स्तरमा उद्धारको पहल हुँदाहुँदै पनि सम्भव नभएको अवस्था हेलो सरकारको कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org