बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना बेपत्ता र ७६ जना घाइते
काठमाडौं । बिहीबारदेखि देशभर परिरहेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना बेपत्ता र ७६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म करिब ३५ सय जनाको उद्धार गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले काभ्रेबाट १ सय २४ जना भन्दा बढीको हवाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।
बाढीपहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतको कामलाई सरकारले तीव्र बनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेकाहरूको उद्धार गर्ने काम भइरहेको जानकारी गराए ।
तिवारीका अनुसार बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए । सरकारले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन तदारुकताका साथ लाग्न निर्देशन दिइसकेको छ ।
सरकारले देशभर मनसुनजन्य घटनाबाट प्रभावित भएकाहरूको खोज तथा उद्धार र राहतमा सबै सुरक्षा निकायहरू समन्वयात्मक रुपमा परिचालिन हुन्, खोज तथा उद्धारमा नेपाली सेनाको हेलिकप्टर लगायत, केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरमा उपलब्ध सबै उपकरण र साधनको प्रयोग गर्न निर्देशन दिएको छ ।
यसैगरी, अवरुद्ध सडक अविलम्ब सञ्चालनमा ल्याउन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन र प्रभावितहरूको पुनर्स्थापनाका लागि योजना बनाई कार्यान्वयन गर्न पनि सरकारले निर्देशन दिएको छ ।
Comments
अरु समाचार
-
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला : आज नेपालले ओमानसँग खेल्दै
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
शुक्रबार गोरखाबाट छुटेको बस झ्याप्लेखोलाको पहिरोमा भेटियो
काठमाडौं । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुवाहक...
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना,...
-
कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन्। आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी...
-
बाढीपहिरो र डुबानमा १०० जनाको मृत्यु, ६७ जना बेपत्ता
काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा...
-
टी-२० आई सिरिज: पहिलो खेलमा क्यानडाले नेपाललाई १४ रनले हरायो
काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य...
-
आजको राशिफलः २०८१साल असोज १३ गते आइतवार
मेषः स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यवसायमा...
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...