ताजा समाचार

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल र क्यानडा भिड्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । भने दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो ।

नेपाल र क्यानडाले हालसम्म टी–२० आईमा दुई खेल खलिसकेका छन् । दुबै टोली १–१ जित हात पारेका छन् । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org