हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो
काठमाडौं । दुर्गा पक्षको पहिलो दिन हनुमानढोका दरबारस्थित दसैँ घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ९ः१६ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रको दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिए ।
हनुमानढोका दरबारमा रहेको दसैँ घरमा राज्यका तर्फबाट घटस्थापना गरी विधिपूर्वक दुर्गा देवीको आह्वान गरी पूजा आराधना गर्ने परम्परा रहेको छ । हनुमानढोकाको दसैँ घरमा आजैदेखि बलिसहित पूजा सुरु गरिन्छ । हनुमानढोकाको कोतमा महाअष्टमी र महानवमीका अवसरमा भने ५४ बोका, ५४ राँगाको बलि दिएर विशेष पूजा गरिन्छ । यस वर्ष तिथिको घटबढका कारण असोज २४ गते फूलपाती भित्र्याएपछि अष्टमीमा गरिने पूजा आराधना र बलिको तयारी भएको जानकारी पनि कार्यालय प्रमुख खनालले दिए ।
वैदिक विधिपूर्वक घटस्थापना गरी दुर्गा देवीको आह्वान गरिएको दसैँ घरमा दुर्गा पक्षको पहिलो दिन आज नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
नव दुर्गासहित दसैँ घरमा वा पूजा कोठामा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा, आराधना गरिन्छ । यसैगरी राजधानीलगायत देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पनि भक्तजनको पूजा, आराधना एवं दर्शनका लागि भीड लाग्ने गर्छ । शक्तिपीठ एवं देवी मन्दिरमा बलिसहित पूजा, आराधना गर्न पनि भक्तजन पुग्ने गर्छन् ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिन्छ । घटस्थापनादेखि महानवमीका दिनसम्म विधिपूर्वक दुर्गा देवीको पूजा, आराधना गरिन्छ । नौ दिनसम्म पूजा, आराधना गरिएकी देवीलाई विजयादशमीका दिन बिहान देवी विसर्जन गरी मान्यजनका हातबाट प्रसादस्वरुप टीका र समृद्धिको प्रतीको जमरा लगाउने गरिन्छ ।
मान्यजनबाट टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको विधिपूर्वक पूजा, आराधना गरी जाग्राम बसेपछि १५ दिन लामो बडा दसैँ पर्व समाप्त हुन्छ । यो १५ दिनको पक्षलाई दुर्गा पक्ष पनि भनिन्छ । नौ दिनसम्म विधिपूर्वक देवीको आराधना गर्ने बाँकी छ दिन देवीकोप्रसाद ग्रहण गरिने भएकाले यो १५ दिनको समयलाई दुर्गा पक्ष भनिएको हो ।
Comments
अरु समाचार
-
मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनद्वारा बाढीपीडितलाई राहत हस्तान्तरण
काठमाडौं । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज कार्भेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत...
-
पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित समारोहमा...
-
प्रधानमन्त्रीसँग बंगलादेशका मन्त्री हसनको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार...
-
बागलुङ कालिकामा दर्शनार्थीको भीड
काठमाडौं । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले...
-
नेपालको बिजुली बंगलादेश निर्यातका लागि आज हस्ताक्षर हुँदै
काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक...
-
ओमानविरुद्ध नेपालले ५६ रनको शानदार जित निकाल्यो
क्यानडा । कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानविरुद्ध ५६ रनको शानदार जित निकालेको छ। क्यानडामा भएको त्रिदेशीय टी-२० क्रिकेट...
-
बडादशैँ सुरु, पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै
काठमाडौं। । यस वर्षको बडादशैँ आजदेखि शुरू भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश...
-
आजको राशिफलः २०८१ साल असोज १७ गते बिहीवार
मेषः समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त...
-
प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश राउत अनुमोदित
( सजिव कालाखेतीबाट) काठमाडौं । सर्वोच्च अदालतमा कल्याण श्रेष्ठको कार्यकाल यता सबै भन्दा सक्षम, योग्य, इमान्दार,अनुभवी, लोकतान्त्रिक, बौद्विक र कार्यकुशल...