ताजा समाचार

दोस्रो अभ्यास खेलमा नेपालको जित

काठमाडौं। क्यानडामा गए राती नेपाल र हाइप्रोफमेन्स (एचपी)बिच भएको दोस्रो अभ्यास खेलमा नेपालले जित हासिल गरेको छ । क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी)लाई शनिबार राति २० रनले हराएर दोस्रो खेलमा जित हासिल गरेको हो। जितसँगै तीन खेलको श्रृंखलामा नेपालले १–१ को बराबरी गरेको छ ।

१७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भएको थियो । ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाउँदा मुनिर अहमद काका ३६ रन तथा अली नदिमले २० रन बनाए । त्यस्तै युवराज शर्माले २३ रन बनाउँदा निकोलस मनोहरले १९ रन बनाए ।

नेपालका लागि गुल्सन झा र ललित राजवंशीले २–२ विकेट हात पारे। दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा १७६ रन बनाएको थियो । नेपालको कप्तानी गरेका सोमपाल कामीले ३३ बलमा दुई चौकासहित सर्वाधिक ३१ रन बनाए । उनीबाहेक अर्जुन साउद ७, अनिलकुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए ।

एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २–२ विकेट लिए । सिरिजको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org