धादिङमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।
काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।
तीव्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
उत्तर कोरियाको सेनाले युद्धमा अहिलेसम्म उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ
काठमाडौं । रूसी क्षेत्र कुस्र्कमा रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा अहिलेसम्म ठूलो असर नपरेको युक्रेनी सैन्य गुप्तचर...
-
सिद्धबाबा सुरुङमार्ग : छिचोलिए तीन वटै ‘बाइपास’
काठमाडौं । ‘मृत्युमार्ग’ का रूपमा चिनिने सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत तीन वटै सहायक सुरुङमार्ग (बाइपास)...
-
जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य
काठमाडौं । जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू बृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । एमाले केन्द्रीय...
-
मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।...
-
ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते
काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका–५, बालिबिसौनामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । मंगलवार...
-
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
काठमाडौं । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई...
-
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
काठमाडौं । के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन...
-
चितवनमा भोलिदेखि ‘मह उत्सव’
काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना गर्ने...