कमलदह मेलामा कुस्तीको ‘क्रेज’
सिरहा: सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रेज’ बढ्दै गएको छ । मङ्गलबारदेखि सुरु भएको खेल हेर्न यहाँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ ।
मेलामा आयोजित कुस्ती प्रतियोगिताको दोस्रो दिनसम्ममा नेपाल र भारतका विभिन्न ठाउँबाट पहलवान सहभागी भएका मेला समितिका अध्यक्ष रामअधार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलालाई भव्य बनाउनका लागि विगतमा जस्तै यसपाली पनि नेपाल र भारतका नाम चलेका पहलवानको कुस्ती, मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।”
प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि तीनदिनसम्म लाग्ने कमलदह मेलामा सिरहा, सप्तरी, धनुषा एवम् भारतको विभिन्न राज्यबाट श्रद्धालु भक्तजन आउने गर्दछन् । मेलामा अत्यधिक भीड हुने भएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकाय, स्थानीय स्वयंसेवक पनि खटिएको मेला समितिका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
पौराणिक एवं धार्मिक महत्व बोकेको कमल फूलको नामले परिचित कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यहाँ स्नान एवम् पूजापाठ गर्न हरिबोधिनी एकादशीका साथै तीनै दिन भक्तजन तथा दर्शनार्थी आउने गर्दछन् ।
प्रत्यक वर्ष लाग्ने यस मेलाले ऐतिहासिक तथा धार्मिकस्थल कमलदहको संरक्षण सम्बर्द्धनसँगै पर्यटकीय क्षेत्र बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादवले बताउनुभयो । मेलामा कुस्तीप्रेमीले यस खेललाई उत्सवकै रूपमा लिने गरेकाले यसको संरक्षण र सम्बर्द्धनमा नगरले विशेष महत्व दिएको उहाँको भनाइ छ ।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...












