काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
काठमाडौं । भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा पाँच जना संदिग्ध बन्दुकधारीको हत्या गरेको भारतीय सेनाले जनाएको छ ।
सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा विभाजन भएदेखि नै काश्मिर आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच विभाजित छ र दुवै देशले यस क्षेत्रमा पूर्ण रूपमा दाबी गर्दै आएका छन् ।
भारतीय सेनाको चिनार कोरले कारबाहीमा पाँच ‘आतङ्ककारी’को सुरक्षा बलको गोली लागी मृत्यु भएको र दुई जना सैनिक घाइते भएको जनाएको छ ।
सुदूर उत्तरी क्षेत्रमा ५० लाख भारतीय सेना तैनाथ छन्, जुन ३५ वर्ष लामो विद्रोहसँग लडिरहेको छ जसमा दशौं हजार नागरिक, सैनिक र विद्रोहीमारिएका छन् । उक्त षेत्रमा यो बर्ष पनि कम्तीमा १२० जना मारिएका छन्।
विद्रोही समूहहरूले काश्मिर क्षेत्रको स्वतन्त्रताको माग गर्छन् वा यस क्षेत्रलाई पाकिस्तानमा गाभ्न चाहन्छन् ।
नयाँ दिल्लीले पाकिस्तानलाई नियमित रूपमा लडाकूहरूलाई हतियार प्रदान गरेको र उनीहरूलाई आक्रमण गर्न मद्दत गरेको आरोप लगाउँदै आएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले सन् २०१९ मा उक्त क्षेत्रको आंशिक स्वायत्तता खारेज गर्दै यस क्षेत्रलाई आफ्नो प्रत्यक्ष शासनअन्तर्गत ल्याएको थियो ।
करिब एक करोड २० लाख जनसङ्ख्या रहेको यस क्षेत्रमा नयाँ दिल्लीले नियुक्त गरेका गभर्नरको नेतृत्वमा प्रशासनिक काम हुने गरेको छ ।
Comments
अरु समाचार
-
एनआरएनएको ‘दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन’ मार्च १५–१६ मा थाइल्याण्डमा हुँदै
काठमाडौं । संसारभरी छरिएर रहेका एनआरएनए (NRNA)को वृहत् र पृथक दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन (सेकेन्ड इन्टरनेशनल युथ कन्फेरेन्स) आगामी मार्च...
-
रूसी ड्रोन आक्रमणमा तीन युक्रेनी सर्वसाधारणको मृत्यु
काठमाडौं । रूसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ । युक्रेनले १२ वटा...
-
गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने
काठमाडौं । युद्धग्रस्त मध्यपूर्वी मुलुक गाजामा रहेका भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र...
-
बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता
काठमाडौं । बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर...
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
नयाँ दिल्ली । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको...
-
अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार
काठमाडौं । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...
-
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
काठमाडौं । वायु प्रदूषणका कारण बैंककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्। मौसमी वायु प्रदूषणले यस क्षेत्रका...
-
महाराष्ट्रमा गुडिरहेको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्र स्थित जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुने १३ जनामध्ये ४ जना नेपाली रहेका पुष्टि भएको छ...
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक...