टी-२० वरीयता अपडेट: अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को अन्तिम खेलाडी वरीयता सार्वजनिक गर्दा नेपाली खेलाडीको अवस्थामा खस्किएको छ । आईसीसीले डिसेम्बर ३१ मा सार्वजनिक गरेको वरीयतामा सबै नेपाली खेलाडीको वरीयता खस्किएको हो । आईसीसीले टी२०आई वरीयता र टेस्ट वरीयता मात्र अपडेट गरेको छ ।
टी–२०आई वरीयतामा नेपाली खेलाडी सबैभन्दा उच्च स्थानमा दीपेन्द्रसिंह ऐरी छन् । उनी गत असोजयता लगातार अलराउन्डरतर्फको वरीयतामा दोस्रो स्थानमा यथावत छन् । आईसीसीको पछिल्लो अपेडटमा पनि उनी दोस्रो स्थानमा यथावत छन् । यो क्याटागोरीमा भारतका हार्दिक पंड्या शीर्ष स्थानमा छन् ।
दोस्रो स्थानमा ऐरी र तेस्रो स्थानका इंग्यल्यान्डका लियम लिभिङ्ग्सटनको रेटिङ प्वाइन्ट एक मात्र फरक छ । यो क्याटागोरीमा नेपालका ६ जना खेलाडी टप सयभित्र छन् । तर, सबैको वरीयता खस्किएको छ । गुल्सन झा एक स्थान खस्किएर ३५ औँ स्थानमा पुगेका छन् । कुशल मल्ल एक स्थान खस्केर ४७ औँ, कुशल भुर्तेल ५४ औँमा यथावत, रोहित पौडेल एक स्थान खस्केर ५७ औँ र करण केसी ७५ औँमा यथावत छन् ।
यस्तै ब्याटिङतर्फ पनि नेपाली खेलाडीको वरीयता खस्किएको छ । दीपेन्द्रसिंह ऐरी १ स्थान खस्केर ५१ औँ, रोहित पौडेल ६० मा यथावत, आसिफ शेखर ६९ मा यथावत, कुशल भुर्तेल दुई स्थान सुधारपछि १०० मा आएका छन् । ब्याटिङतर्फ टप सयभित्र ४ जना मात्र ब्याटर छन् ।
यस्तै बलिङतर्फ नेपाली खेलाडीको अवस्था झन दयनीय छ । टप सयभित्र नेपालका मात्र दुई जना खेलाडी छन् । दीपेन्द्रसिंह ऐरी २ स्थान खस्केर ६२ औँ र सोमपाल कामी एक स्थान खस्केर ८९ औँ स्थानमा छन् ।
Comments
अरु समाचार
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
प्राधिकरणले कर्मचारीलाई भन्यो- सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२...
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
काठमाडौँ। निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार...
-
भण्डारीले सिध्याए निर्वाचन आयोगको साख, अधिकारै नभएको न्यायाधीश नियुक्तिमा लगाम !
काठमाडाैं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा संस्थापन पक्षको भनाइ राख्ने मौकासमेत नदिई एकोहोरो गगन थापा समूहलाई बैधानिकता दिएपछि विवादमा परेको...
-
निर्वाचन सुरक्षाका लागि आजदेखि फिल्डमा नेपाली सेना
काठमाडौं । आगामी निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने क्रममा आजदेखि नेपाली सेना परिचालन गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,...











