ताजा समाचार

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५२ मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा छ ।

भूकम्पको धक्का महसुस हुनेबित्तिकै कतिपय नागरिक घरबाहिर निस्केका थिए। काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर स्केलको मापन भएको छ । मधेश प्रदेशका विभिन्न जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यकिन विवरण आउन बाँकी छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org