सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
काठमाडौं । कास्की जिल्ला अदालत क्षेत्रमा फेरि निषेधाज्ञा लगाइएको छ । सूर्य दर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेका बेला निषेधाज्ञा लगाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडिको राष्ट्र बैङ्क चोक, वाइचोक, सहिद चोक क्षेत्रमा सवारीसाधन चल्न रोक लगाइएको छ ।
तर, जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा नभएर सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सम्भावित सुरक्षा चुनौतीका कारण सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो ।
अदालतको आदेश आउने दिन हुन सक्ने सम्भावित जोखिमलाई टार्न प्रशासनले मङ्गलवारदेखि नै संवेदनशील प्रशासन, अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
सूर्य दर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादीमाथिको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईंको बहस सकिइसकेको छ ।
बुधबार प्रतिवादीतर्फका कानून व्यवसायीको थुनछेक बहस सकिनेछ ।
Comments
अरु समाचार
-
यु–१९ महिला विश्वकप क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
काठमाडौं । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा...
-
प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा...
-
एक चीन नीतिको सिद्धान्तलाई पालना गर्न बलियो प्रतिबद्धता
काठमाडौँ: सभामुख देवराज घिमिरले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको बताउनुभएको छ ।...
-
अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः...
-
आजको राशिफल : २०८१ माघ ११ गते शुक्रवार
मेष: काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर...
-
‘सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ’
काठमाडौँ' उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताउनुभएको छ ।...
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
नयाँ दिल्ली । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको...
-
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
काठमाडौं । वायु प्रदूषणका कारण बैंककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्। मौसमी वायु प्रदूषणले यस क्षेत्रका...
-
महाराष्ट्रमा गुडिरहेको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्र स्थित जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुने १३ जनामध्ये ४ जना नेपाली रहेका पुष्टि भएको छ...