आजको राशिफल: २०८१ माघ ३ गते विहीबार
मेष परिस्थितिवश अध्ययनमा बाधा हुन सक्छ। लगनशीलताले मात्र उपलब्धि दिलाउनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। उपलब्धि प्राप्त गर्न केही समय प्रतीक्षा गर्नुपर्ला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। काम बनाउन केही समय लाग्नेछ। मध्याह्नपछि केही अप्ठ्यारा समस्या सुल्झाउन जुट्नुपर्ला।
वृष मध्याह्नपछि प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ। विवादास्पद कामको जिम्मेवारी समेत सजिलै वहन गर्न सकिनेछ। चुनौती पन्छाएर पनि चिताएकाे काम बनाउन सकिनेछ। अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। तापनि आँटले काम लिन सकिनेछ। प्रयत्न गर्दा राेकिएकाे याेजना पूर्ण हुनेछ।
मिथुन महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। बोलीको प्रभाव बढ्नाले नयाँ अवसर प्राप्त हुनेछ। धनलाभ पनि हुनेछ। मध्याह्नदेखि आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
कर्कट प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ।
सिंह अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। कर्जामार्फत खर्च जुटाउन सकिनेछ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।
कन्या मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। विदेश ताक्नेहरूलाई सुखद समाचार प्राप्त हुनेछ। प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर जुट्न सक्छ।
तुला परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। तापनि भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम चाँडै हातलागी हुनेछ। राेकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
वृश्चिक आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। मध्याह्नदेखि अलमल बढ्नेछ भने कामको नतिजा कमजोर रहनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ।
धनु प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
मकर चिताएकाे काम बिहानै गर्दा फाइदा हुनेछ। व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ। वादविवादले प्रेम र मित्रताको बन्धन कमजोर रहला। कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
कुम्भ सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। मध्याह्नपछि मिहिनेतको राम्राे फल प्राप्त हुनेछ। आयस्राेत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही रकम सञ्चय गर्न पनि सकिनेछ।
मीन नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि सामान्य प्रतिस्पर्धामा अलमलिनुपर्ला। प्रतीक्षा गरिएको नतिजा पनि कमजोर रहनेछ। सहयोगीहरूले काममा साथ दिन छाड्नेछन् भने अस्वस्थताले व्यवसायमा पनि बाधा पुर्याउन सक्छ। विशेष काम बिहानै गर्नु फाइदाजनक हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
Comments
अरु समाचार
-
कांग्रेसका सभापति देउवा भारत जाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ...
-
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको...
-
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा...
-
प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार...
-
‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको...
-
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य...
-
आजको राशिफल: २०८१ फागुन ७ गते बुधबार
मेष: व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...