नेप्सेमा सामान्य अङ्कको गिरावट
काठमाडौं । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ११.६४ अंकले घटेको छ । २७१४ बिन्दुबाट सुरु भएको कारोबार उतारचढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७०० बिन्दुमा झरेको हो ।
आज फाइनान्स बाहेक सबै उपसमूहको सूचक घटेको छ । फाइनान्स उपसमूह भने १.५८ प्रतिशतले बढ्यो । यस उपसमूहका रहेकामध्ये १२ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज कुल १६० कम्पनीको मूल्य घट्यो । ७४ कम्पनीको बढ्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । बिहीबार माथिल्लो लोहोरे खोला जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । त्यसैगरी उपकार लघुवित्त र कर्पोरेट डेभलप्मेन्ट बैंकको मूल्यमा १० प्रतिशतको गिरावट आयो ।
बिहीबार समग्रमा ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार चाहिँ ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
Comments
अरु समाचार
-
तीन लाख नाघ्यो सुनको मूल्य
काठमाडाैं । नेपालकाे स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन नौ हजार...
-
तीन लाख नजिक पुग्यो सुनको मूल्य
काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस...
-
२० निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको उक्त...
-
अण्डाको नयाँ बिक्री मूल्य तोकियो, आजदेखि लागु
काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको काठमाडौँमा सम्पन्न बैठकले अण्डा...
-
अमेरिकी डलरको मूल्य उच्च हुँदा अरुको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य...
-
औपचारिक रूपमा अघि बढ्यो आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। राष्ट्रिय योजना आयोगका अनुसार सम्भावित...
-
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
-
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो, कतिमा हु्नेछ कारोबार ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा तीन...
-
‘विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन दिएनन्’
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्व अर्बपति व्यापारी विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन नदिएको जनाएका छन्...











