अमेरिकामा नेपालीभाषीको गोली हानी हत्या
काठमाडौं । अमेरिकाको ओहायो राज्यको न्यु अल्वानी भन्ने स्थानमा बसोवास गर्दै आएका एक जना नेपालीभाषी भुटानीको मङ्गलबार राती हत्या भएको छ ।
न्यु अल्वानी प्रहरीका अनुसार, मृत्यु हुनेमा ३० वर्षीय शेखर चापागाई छन् । त्यही कम्पनीका पूर्व कर्मचारी २८ वर्षीय व्रुस फोस्टरले अन्धाधुन्ध गोली चलाएर चापागाईको हत्या गरेको थियो । गोली लागेर सहकर्मी क्याले वेभरको पनि मृत्यु भएको र अरू चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
ओहायोको कोलम्बस नजिकै न्यु अल्वानीस्थित केडीसी वान नामक कस्मेटिक र ब्युटी उत्पादन कम्पनीमा कार्यरत रहेकै अवस्थामा त्यो व्यक्तिले गोली चलाएको थियो । हत्यारालाई प्रहरीले बुधबार बिहानै गिरफ्तार गरेको थियो । चापागाई केही वर्षअघि मात्र डेनवरबाट ओहायो बसाइँ आएका थिए ।
मृतक चापागाईँकी श्रीमती र एक छोरी रहेको बताइएको छ । प्रहरीका अनुसार, आगामी एक दुई हप्तामा नै उनकी श्रीमतीले अर्को सन्तानको जन्म दिनेछिन् ।
सो कम्पनीमा त्यसबेला एक सय ५० भन्दा बढी कर्मचारी कार्यरत थिए । जुन कम्पनीमा धेरै नेपाली कार्यरत छन् ।
Comments
अरु समाचार
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...
-
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार
लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय...












