ट्रम्पको रिस टार्न खोज्दै मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता पुनर्जीवित गर्न र भन्सार तथा आप्रवासनमा अमेरिकी राष्ट्रपतिको रिसबाट बच्न प्रयास गर्नुहुनेछ ।
ह्वाइट हाउसका अनुसार मोदीले ट्रम्पसँग संयुक्त पत्रकार सम्मेलन पनि गर्नुहुनेछ । सामाजिक सञ्जालको प्रभावशाली प्रयोगकर्ता तर पत्रकारहरूबाट बिरलै प्रश्न लिने भारतीय नेताको यो दुर्लभ कदम हो ।
रिपब्लिकन सत्तामा फर्किएपछि ओभल अफिसको ढोकामा पुग्ने विदेशी नेताहरूको शृङ्खलामा पछिल्लो नेता मोदीले आफ्नो पहिलो कार्यकालमा ट्रम्पसँग राम्रो सम्बन्ध साझा गर्नुभएको थियो ।
प्रधानमन्त्रीले आफ्नो भ्रमणअघि नयाँदिल्लीले उच्च–स्तरीय मोटरसाइकलहरूमा शुल्क कटौती गर्दै द्रुत भन्सार छुट प्रस्ताव गर्नुभएको छ । यो प्रतिष्ठित अमेरिकी निर्माता हार्ले–डेभिडसनका लागि फाइदाजनक छ । हार्ले–डेभिडसनको भारतमा सङ्घर्षले ट्रम्पलाई क्रोधित बनाएको छ ।
भारतले गत हप्ता ट्रम्पको आप्रवासन सुधारको एक हिस्साका रूपमा एक सयजना बन्दी बनाइएका आप्रवासीहरू बोकेको अमेरिकी सैन्य उडानलाई पनि स्वीकार गरेको छ र नयाँदिल्लीले अवैध आप्रवासनमाथि आफ्नै ‘कडा कारबाही’ गर्ने वचन दिएको छ ।
भारतका शीर्ष करियर कूटनीतिज्ञ विक्रम मिश्रीले गत हप्ता नेताहरूबीच ‘धेरै नजिकको सम्बन्ध’ रहेको बताउनुभयो । यद्यपि उहाँहरूको सम्बन्धले लामो समयदेखि खोजिएको द्विपक्षीय व्यापार सम्झौतामा सफलता ल्याउन सकेको छैन ।
नोभेम्बरको चुनावी जितपछि ‘असल मित्र’ ट्रम्पलाई बधाई दिने मोदी पहिलो मध्येका एक हुनुहुन्थ्यो ।
लगभग तीन दशकदेखि दुवै दलका अमेरिकी राष्ट्रपतिहरूले बढ्दो चीनविरुद्ध स्वाभाविक साझेदारका रूपमा भारतसँग सम्बन्ध निर्माण गर्न प्राथमिकता दिएका छन् ।
तर ट्रम्पले विगतमा आफ्नो नयाँ कार्यकालको सबैभन्दा ठूलो विदेश नीति व्यापारलाई लिएर पनि भारतविरुद्ध आक्रोश व्यक्त गर्नुभएको छ र विश्वको पाँचौँ ठूलो अर्थतन्त्रलाई ‘सबैभन्दा ठूलो कर दुरुपयोगकर्ता’ भन्नुभएको छ ।
ट्रम्पले आफ्नो फिर्तीपछि साथी र शत्रुहरू विरुद्ध शुल्कलाई अप्रत्याशित रूपमा हतियार बनाउनुभएको छ ।
– ट्रम्पको रिस –
“मोदीले यसका लागि तयारी गर्नुभएको छ र उहाँ ट्रम्पको रिसलाई रोक्न खोज्दैहुनुहुन्छ”, ट्रम्पको पहिलो कार्यकालमा दक्षिण एसियाका राष्ट्रिय सुरक्षा परिषद् निर्देशक लिसा कर्टिसले भन्नुभयो ।
यसैबीच भारतीय प्रधानमन्त्रीको हिन्दू–राष्ट्रवादी सरकारले ट्रम्पलाई कागजातविहीन आप्रवासीहरूलाई निर्वासन गर्ने जस्तो अर्को शीर्ष प्राथमिकतामा बाध्य पारेको छ ।
सार्वजनिक ध्यान ल्याटिन अमेरिकी आगमनमा केन्द्रित भएको बेला मेक्सिको र एल साल्भाडोरपछि भारत संयुक्त राज्य अमेरिकामा कागजात नभएका आप्रवासीहरूको तेस्रो स्रोत हो ।
अमेरिकी विमानमा आप्रवासीहरूलाई पूरै यात्राभर साङ्गलाले बाँधेर फिर्ता ल्याइएपछि भारतीय कार्यकर्ताहरूले गत हप्ता ट्रम्पको पुतला जलाएका थिए भने विपक्षले मोदीलाई कमजोरीको आरोप लगाएको थियो ।
ट्रम्पको पुनरागमनपछि इजरायल र जापानका प्रधानमन्त्री र जोर्डनका राजापछि अमेरिका भ्रमण गर्ने मोदी चौथो विश्व नेता हुनुहुन्छ ।
मोदीले आफ्नो पहिलो कार्यकालमा दृढतापूर्वक ट्रम्पलाई खुशी पार्नुभएको थियो । सन् २०२० फेब्रुअरीमा मोदीले ट्रम्पलाई आफ्नो गृह राज्य गुजरातमा विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियमको उद्घाटन गर्न एक लाखभन्दा बढी मानिसको हर्षोल्लासपूर्ण भीड समक्ष आमन्त्रण गर्नुभएको थियो ।
ट्रम्पले यस वर्षको पछिल्लो समयमा अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको चार पक्षीय समूह क्वाडको निर्धारित शिखर सम्मेलनका लागि भारत भ्रमण गर्ने सम्भावना छ ।
Comments
अरु समाचार
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
युक्रेनी बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।...
-
दुई दिनकी सुत्केरी एसइईमा सहभागी
काठमाडौं । आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाजुराबाट एक सुत्केरी महिला समेत सहभागी भएकी छन् । जिल्लाको...
-
गाजामा इजरायली बम विस्फोट २५ प्यालेस्टिनीको मृत्यु
काठमाडौं । प्यालेस्टिनी स्रोतहरूका अनुसार गाजा शहरको सब्रा छिमेकमा रहेको एक घरमा बुधवार इजरायली बम विस्फोटमा कम्तिमा २५ प्यालेस्टिनीको मृत्यु...
-
रुसले युद्धविरामका शर्तहरू उल्लंघन गरेमा बदला लिने जेलेन्स्कीकाे चेतावनी
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग...
-
श्रीलंकाका लागि नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण
काठमाडौं । श्रीलंकाका लागि नेपालका नवनियुक्त राजदूत डा.पूर्णबहादुर नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रजातान्त्रिक समाजवादी...
-
इजरायलले गाजामा गरेको आक्रमणमा ४१३ को मृत्यु
काठमाडौं । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ । जारी इजरायली...
-
भारतद्धारा सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि २४ किलो चाँदी हस्तान्तरण
काठमाडौं । काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । बुधवार बिहान भारतको...
-
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।...