सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । कैलालीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–१४ स्याउले र चुरे गाउँपालिका–५ निङ्लाडीमा भएको दुर्घटनामा दुई पुरुषको ज्यान गएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार स्याउलेमा से २ प ३५९० र र सुपप्र ०१–००१ प १४१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा कैलारी गाउँपालिका–६ बस्ने ४० वर्षीय रुपलाल चौधरीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
सो दुर्घटनामा परी घाइते भएका सुपप्र ०१–००१ प १४१९ नम्बरको मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–७ पटेलाका ३४ वर्षीय पञ्चराम चौधरी र मोटरसाइकलमा सवार उनकी श्रीमती ३० वर्षीया हसिनाको नोभा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएको स्थानमा से २ प ७७४९ नम्बरको मोटरसाइकलसमेत पल्टिएको अवस्थामा फेला परेकाले मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–६ जालीका ४० वर्षीय तेजराज भण्डारीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी, डोटीको दिपायलबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भई चुरे गाउँपालिका–५ निङ्लाडीमा भीमदत्त राजमार्गबाट अन्दाजी १५ मिटर तल खस्दा जिप चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शङ्कर बोगटीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उपचारको क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी दिपायल सिलगढी नगरपालिका–१ का २१ वर्षीय हिमाल खड्का, सोही ठाउँका २१ वर्षीय सुरेश खड्का र सायल–६ का १६ वर्षीया कविता साउद घाइते भएका छन् । घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












