नेपाल र थाइल्याण्डबीच संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र थाइल्याण्डबीच संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आज थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली र उनका थाई समकक्षी पे थोङ् थान् शिनावातबीच भेटवार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार आज दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६ वटा सहमतिपत्र आदाप्रदान भएकोे जनाएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।
त्यस्तै, प्रधानमन्त्री ओली आजै सम्मानमा समकक्षी शिनावातले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीलाई आज बिहान बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्राले स्वागत गरेकी थिइन् ।
थाइल्यान्डका प्रधानमन्त्री शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री ओलीले २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन गर्ने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
‘मुस्ताङमा १० दिने चौँरी मेला, पर्यटन प्रवर्द्धनको आधार’
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा शनिबारदेखि चौँरी मेला सुरु भएको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको...
-
मुग्लिन–पोखरा सडकको कालोपत्रे तीव्र गतिमा गरिँदै
काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत दमौली बजार क्षेत्रमा तीव्र गतिमा कालोपत्र गर्ने कार्य भइरहेको छ। व्यास नगरपालिका–२ को बागबजार,...
-
सेयर बजार परिसूचकमा २६.४९ अंकको वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंकले वृद्धि भएको छ । यस वृद्धि पछि नेप्से परिसूचक २७२२...
-
सुनको मूल्य बढेको बढ्यै..
काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ। विगत केही देनदेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै...
-
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार (आज) सुन तोलामा एक लाख ८७ हजार पुगेको नेपाल...
-
‘शिक्षक आन्दोलनले यातायात मजदुरको रोजीरोटी गुम्दै’
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय व्यवसायी महासंघले शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण यातायात मजदुरको रोजीरोटी ठप्प भएको जनाएको छ ।...
-
महाप्रसाद अधिकारीको हस्ताक्षर भएका पाँचका १० लाख थान नोट बजारमा
काठमाडौं । आजबाट नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै...
-
तीन वाणिज्य बैंकले किन घटाए ब्याजदर ?
काठमाडौं । नयाँ वर्ष २०८२ बैशाखका लागि तीन वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैशाखका लागि २० वाणिज्य बैंकहरुले प्रकाशित...
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...