कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले सरकारबाट पदमुक्त भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । घिसिङकै कारण पदमुक्त भएका हितेन्द्रदेव शाक्यले साढे तीन वर्षअघि दायर गरेको रिट निवेदन नटुंगिएको भन्दै सर्वोच्च अदालतले त्यसलाई असर पर्नेगरी अन्तरिम आदेश दिन नसकिने भनेको हो ।
सर्वोच्च अदालतको यो आदेशपछि प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले निरन्तरता पाउनेछन् । मुद्दाको अन्तिम सुनुवाइमा कुलमानको दावी जायज देखिएमा मात्रै उनी पदमा बहाल हुन पाउनेछन् । त्यसका लागि सर्वोच्च अदालतले २५ साउन, २०८२ अनि कुलमानको मुद्दा टुंगिनुपर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले सरकारले २६ माघ, २०७७ मा हितेन्द्रदेव शाक्यलाई चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । त्यसपछि गठन भएको देउवा सरकारले २५ साउन, २०७८ मा शाक्यलाई अन्यत्र सारेर कुलमान घिसिङलाई चार वर्षमा नियुक्त गरेको थियो ।
अन्यत्र जिम्मेवारी सारिएपछि आफूलाई गैरकानूनी रुपमा पदबाट हटाइएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थिए । कुलमानको अघिल्लो नियुक्ती कानूनसम्मत नभएको भन्ने शाक्यको दावी सहितको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ । साढे तीन वर्षसम्म पनि उक्त निवेदनले पालो पाएको छैन ।
कुलमानको सुरुको नियुक्तिमाथि नै प्रश्न उठेको मुद्दा विचाराधिन भएको अवस्थामा त्यो पदमा अर्को व्यक्ति नियुक्त गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्नले प्राथमिकता पाउन नसक्ने भन्दै सर्वोच्च अदालतले पहिले त्यतिबेलाको विवाद टुंगिनुपर्ने भनी अन्तरिम आदेश जारी गरेको हो ।
Comments
अरु समाचार
-
अन्ततः ब्याक भयो राप्रपाः आन्दोलन शान्तिपूर्ण हुने दाबी, सरकारलाई यस्तो अपिल
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएको छ । सरकारले निषेधाज्ञा तोड्ने वा कानूनको उल्लङ्घन...
-
निषेधित क्षेत्र तोडे राप्रपालाई कारबाही गरिने
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको...
-
शिक्षकहरुको प्रदर्शन आज बिहान नौ बजेदेखि तीनघण्टा
काठमाण्डौ । शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत...
-
आईपीएलमा गुजरातले दिल्ली र लखनउले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले...
-
आजको राशिफलः २०८२ वैशाख ७ गते आइतबार
मेष: व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका...
-
‘मुस्ताङमा १० दिने चौँरी मेला, पर्यटन प्रवर्द्धनको आधार’
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा शनिबारदेखि चौँरी मेला सुरु भएको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको...
-
वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस...
-
सभामुखदेखि प्रधानमन्त्रीसम्म शिक्षकहरुको भेट किन निष्कर्षविहीन ?
काठमाडौं । नेपाल शिक्षक महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटपछि आन्दोलन झनै लम्बिएर जाने देखिएको छ । संघले...
-
आईपीएलमा पञ्जाबको पाँचौं जित, अंकतालिकाको शीर्षस्थानमा
काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५...