ताजा समाचार

मुग्लिन–पोखरा सडकको कालोपत्रे तीव्र गतिमा गरिँदै

काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत दमौली बजार क्षेत्रमा तीव्र गतिमा कालोपत्र गर्ने कार्य भइरहेको छ।

व्यास नगरपालिका–२ को बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्मको सडकखण्डमा कालोपत्र भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनले चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताए।

बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र सम्पन्न भएको छ भने बागबजार खण्डमा बुधबार नै कालोपत्र गरिएको थियो। इन्जिनियर पाण्डेका अनुसार दुर्गामन्दिरदेखि चापाघाटसम्मको सडकखण्डमा पनि चाँडै कालोपत्र सुरु हुनेछ।

पूर्वी खण्डअन्तर्गत पर्ने अन्य क्षेत्रमा घरटहरा हटाउने कार्यमा ढिलाइ भएका कारण कालोपत्रको काम रोकिएको भए पनि अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी रहेको छ। पूर्वी खण्डको समग्र भौतिक प्रगति ८२.९५ प्रतिशत पुगेको छ। यस खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर चार लेन र ०.२९ किलोमिटर दुई लेन सडक कालोपत्र भइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org