कवि ठाकुर बेलबासेको कविताकृति ‘चोटहरुको उत्सव’ को विमोचन
काठमाडौं । कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेको नवितम् कविताकृति ‘चोटहरुको उत्सव’ कविता संग्रहको शुक्रबार विमोचन गरिएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उक्त कृतिको वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी, गायिका आनी छोइङ डोल्मा लगायतले विमोचन गरे ।
वरिष्ठ कवि, साहित्यकार एवम् संस्कृतिविद् तुलसी दिवसले ‘चोटहरुको कविता’ संग्रह पढेपछि चोटहरुले मान्छेलाई मान्छे बनाउँछ भन्नेमा आफू विश्वस्त भएको जनाउनु भयो । चोटहरु मानिसको जीवनमा अत्यन्त महत्वपूर्ण हुने जनाउँदै उहाँले चोट पाएपछि नै मान्छेको इतिहास नेपालमा मात्रै होइन, विश्वमै अम्मर बनेको दृष्टान्त प्रस्तुत गर्नुभयो । बेलबासेको कृति आफूलाई सार्थक लागेको बताउँदै उहाँले भन्नुभयो, “चोट परेपछि दुःखपीडा त लाग्छ नै, आँसु त चुहिन्छ नै तर आँसु चुहुनु पनि कहिलेकाहीँ हाँसोभन्दा बढी महत्वपूर्ण हुन्छ ।” उत्सव खुसी र रमाइलोको मात्रै होइन, चोटहरुको पनि हुन्छ भन्ने सन्देश ‘चोटहरुको उत्सव’ भन्ने कविता संग्रहले प्रष्ट पारेको पनि वरिष्ठ कवि दिवसले जनाउनु भयो । धेरै कवि तथा साहित्यकारहरु चोट खाएर असाधारण क्षमता भएको व्यक्ति भएर देश–विदेशमा नाम राखेको उहाँको भनाइ थियो ।

कृतिका समीक्षक शंकर तिवारीले ‘चोटहरुको उत्सव’ कृति मार्फत विचार र बिम्बमा खेल्ने क्षमता आफूले बेलबासेको कवितामा पाएको भन्दै प्रशंसा गर्नुभयो । बेलबासेका कविताहरुमा आशा र निराशाका कुराहरु, सहज र सरल प्रेम, वोधगम्य-अवोधगम्यलगायत समेटिएको तिवारीले प्रष्ट पार्नुभयो ।
लोकार्पित कृतिका कविताहरु कवि विश्व सिग्देल, मणि लोहनी, सोझो गाउँले, हेम प्रभास र शोभा अधिकारीले वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार शान्ता मानवी, पृथ्वी विचारका अभियन्ता झलक बस्नेत, राजकुमार बानियाँ, सोभित उप्रेतीलगायत दुईसय जनाको उपस्थिति रहेको थियो ।
कविताकृति सार्वजनिकीकरण समारोहमा आयोजक सुनसरी वाङमय प्रतिष्ठानको तर्फबाट कार्यक्रमको सुरुवातमा पूर्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै प्रष्ठिानका अध्यक्ष छविरमण सिलवालले कविताकृति प्रकाशन गर्ने अवसर दिएको भन्दै कवि बेलबासेलाई धन्यवाद दिँदै सम्मानपत्रले सम्मान गर्नुभयो ।



Comments
अरु समाचार
-
आजबाट माओवादीको ‘मध्यपहाडी राजमार्ग केन्द्रित अभियान’
काठमाडौं । राजमार्ग केन्द्रित अभियान गरिरहेको माओवादी केन्द्रले शुक्रबारबाट पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सुरू गर्दैछ। त्यसका लागि माओवादी केन्द्रका...
-
‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी पाहुनाको सहभागिता
काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक...
-
आजको राशिफल: २०८२ जेठ २ गते शुक्रबार
मेष: साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै...
-
सगरमाथाको चुचुरो चुम्ने महामन्त्री शर्माको संकल्प !
काठमाडौं । नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुगेका छन् । शर्माले सामाजिक सञ्जालमा विभिन्न तस्बिर...
-
प्रधानमन्त्रीसँग रुसी प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।...
-
कांग्रेस नेता बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन...
-
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस
काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष प्रतिवेदन पेस गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा...
-
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...