आजको राशिफल: २०८२ वैशाख २६ गते शुक्रबार
मेष: अवसरले पछ्याए पनि समयमा लक्ष्य प्राप्ति नहुन सक्छ। प्रतिस्पर्धीहरूले काम अड्काउन सक्छन्। समय दिन नसक्दा अरूले फाइदा उठाउनेछन्। प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मिहिनेतले अवसर दिलाउनेछ। समस्याका बीच टाढाको यात्रा हुनेछ।
वृष: दिन उपलब्धिमूलक रहनेछ। सहयाेगी र शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले सफलताकाे उचाइमा पुर्याउनेछ। व्यापारमा लाभ मिल्नेछ। सानाे प्रयत्नले लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। राेकिएका काम पूर्ववत् बन्न थाल्नेछन्।
मिथुन : प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला। आँटेकाे काम भने सम्पादन हुनेछ। एक्लाे प्रयासले बन्न नसकेकाे काम समूहमा गर्दा सम्पादन हुनेछ। व्यापार र साझेदारीमा फाइदा हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरेलु समस्या समाधान हुनेछन्।
कर्कट: अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। राेग, शत्रु र प्रतिस्पर्धीलाई कमजाेर नठान्नुहाेला। परिस्थिति अनुकूल देखिए पनि अरूकाे भरपर्दा काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। सहयाेगीहरूले प्रतिस्पर्धीलाई साथ दिने हुँदा साेचेकाे उपलब्धि नहुन सक्छ।
सिंह: आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ।
कन्या: परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
तुला: खर्च लागे पनि मालमत्ता जाेड्ने समय छ। प्रयत्न गर्दा यात्राकाे साइत जुर्न सक्छ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। प्रतिस्पर्धी समेत सहयाेगीका रूपमा उपस्थित हुनेछन्। खर्च लागे पनि लगानी बढाउने अवसर जुट्नेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।
वृश्चिक: छोटो समयमै राम्रो प्रगति हुनेछ। पेसा–व्यवसायमा विशेष फाइदा उठाउने समय छ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। सहयोगीहरूको साथ पनि जुट्नेछ। मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।
धनु : अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। सामाजिक दायित्व बढ्नेछ। संघर्षद्वारा सामान्य लाभ उठाउन सकिनेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। तर विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।
मकर: सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ।
कुम्भ: अरूका लागि बुद्धि खर्चनुपर्नेछ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
मीन: धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोली-व्यवहारमा सजग रहनु। अरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ।
Comments
अरु समाचार
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
मनकामना मन्दिरबाट फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै ज्यान गयो
गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको ज्यान गएको छ । शनिबार...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
आज केही ठाउँमा वर्षा र हिमपात : मौसम पूर्वानुमान
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
-
किताब बेच्ने क्रममा महावीर पुनसँग भनाभन गर्ने व्यक्ति पक्राउ
पोखरा । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेर पृथ्वीचोकमा किताब बेच्ने क्रममा सांसद महावीर पुनसँग भनाभन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको...
-
लागुऔषधसहित तेह्रजना पक्राउ, उता मकवानपुरमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप
काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार...












