एग्रिनेपालः प्रविधिको प्रयोगले कृषकलाई शशक्त बनाउँदै
काठमाडौं । सुनिता नुमाफुकी लामो समयदेखि कृषि क्षेत्रको प्रवद्र्धनमा सक्रिय छिन् । आफ्नो अनुसन्धानका क्रममा जलवायु, बालीमा लाग्ने रोग, बजारलगायत विषयमा किसानसँग यथेस्ट जानकारीको कमी भएको महसुस उनले गरिन् । त्यसपछि सन् २०१२ देखि डम्बर खनालसँग मिलेर आर एन्ड डि इनोभेटिभ सोलुसन प्राली दर्ता गर्दैै ‘कृषक र प्रविधि’ म्यागजिन सुरु गरिन् । यस म्यागेजिनले किसानहरुलाई खेती गर्ने तरिका तथा तापक्रम, रोग र कुन ठाउँमा कस्तो बाली लगाउने भन्ने विषयमा सुचना प्रवाह गरिरहेको छ ।
त्यस्तै, किसान र कृषि क्षेत्रमा नव प्रवेशीहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूका परम्परागत कृषि कर्मलाई सफल उद्यमशीलतामा रूपान्तरण गर्न अथक प्रयास गरिरहेको छ । आर एन्ड डि इनोभेटिभ सोलुसन प्रालीले एग्रिनेपाल डटकम नामक अनलाइन प्लेटफर्म पनि सञ्चालन गरिरहेको छ । यसको लक्ष्य कृषिमा प्रविधि र नवप्रवर्तनलाई प्रवद्र्धन गर्नु हो । यसको प्रमुख डिजिटल उत्पादनहरू एग्री नेपाल एपले किसानहरूलाई महत्वपूर्ण कृषि–तथ्याङ्क, बजार अन्तर्दृष्टि, मौसम जानकारी, र उत्तम अभ्यास दिशा निर्देशहरूमा सहज पहुँच प्रदान गर्ने गर्दछ ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) आकाश बस्न्यात भन्छन्, ‘माटोदेखि बजारसम्मको नवीन मोडेलमा काम गर्ने यो नेपालको पहिलो एग्रिटेक कम्पनी हो । यसले विशेषगरी कृषि सञ्चार, वित्तीय पहुँच, बाली भित्र्याइसकेपछिको क्षति न्यूनीकरण, कृषि बजार सञ्जाल विस्तार र कृषि सम्बन्धी कार्यक्रम व्यवस्थापनमा विशेषज्ञता हासिल गरेको छ । हाम्रो काम किसानलाई खेतीमा सहयोग गर्ने, बजारसँग जोड्ने, सुनिश्चित गर्नेलगायत हो ।
एग्रि नेपालले ५,००० भन्दा बढी कृषि फर्महरू र २०,००० भन्दा बढी व्यक्तिगत किसानहरूलाई सेवा प्रदान गरिरहेको छ । यसले २० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु तथा ५०० भन्दा बढी एग्रो–भेटेरिनरी व्यवसायहरूसँग यसले सहकार्य गरिरहेको छ । ‘एग्रि नेपालको लक्ष्य एक यस्तो कृषि पारिस्थितिक प्रणालीको विकास गर्नु हो । जहाँ खेती केवल जीवनयापनको माध्यम मात्र नभई, एक लाभदायक र सम्मानित पेशा बनोस् । हाम्रो ट्यागलाइन नै ‘क्रिएटिङ इकोनोमिक अपर्चुनिटिज इन एग्री भ्यालु चेन’ भन्ने छ,’ बस्न्यातले थपे ।
आर एण्ड डी इनोभेटिभ सोलुसनले खण्डीकृत समाधानहरू प्रदान गर्दैन, बरु, यसले बीउदेखि बजारसम्म र त्यसपछिको सम्पूर्ण कृषि मूल्य शृंखलालाई सम्बोधन गर्न डिजाइन गरिएका सेवा र उत्पादनहरूको एक विस्तृत प्याकेज प्रदान गर्दछ । संस्थापक सुनिता नुमाफुकी भन्छिन्, ‘नेपालमा पछिल्ला वर्षहरुमा कृषि पेशाप्रति आकर्षण घट्दो छ । हामी त्यसलाई फेरि पुरानै अवस्थामा फर्काउन चाहन्छौं । कृषिलाई निर्वाहमुखी होइन । व्यवसाहिक बनाउन चाहन्छौं ।’
बाली काटिसकेपछिको नोक्सानी न्यूनीकरणका लागि ‘कूलबोट’ प्रविधि र इ–कमर्स प्लेटफर्मको प्रवद्र्धनमा पनि कम्पनीले जोड दिएको छ । सीओओ बस्न्यात थप्छन्, “२०१४ मा हामीले ग्रीनमार्ट (तरकारी पसल) खोल्यौं, तर हरियो तरकारीको पोस्ट हार्भेस्ट व्यवस्थापन चुनौतीपूर्ण भएपछि डाटा ड्रिभन र इ–कमर्सतिर लाग्यौं ।’
एग्रि नेपालले सन् २०१९ मा चितवनमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई समेटेर ‘कृषि कर्जा मेला’ आयोजना गरेको थियो, जहाँ ऋणदाता र ऋण चाहिने किसानबीच प्रत्यक्ष भेटघाट भयो । ‘हामीले किसानहरुमा वित्तिय पहुँचको अभाव रहेको महसुस गरेरै यो मेला आयोजना गरेका थियौं र कृषि क्षेत्रमा लगानी गर्न वित्तिय संस्थाहरु आकर्षित रहेको पनि यसले देखायो । ’
गाउँ—गाउँका किसानलाई व्यवसाहिक रुपमा अघि बढाउन र प्रविधिसँग जोड्नका लागि एग्रिनेपालले सन् २०२३ यता कृषि दूतको अवधारणा अघि सारेको छ । संस्थापक सुनिता नुमाफुकी भन्छिन्, ‘कृषिदूत भनेको उद्यमी हो, जसले कृषि सम्बन्धी काम गर्न सक्छ । बीमा एजेन्टजस्तै, उसले आउटपुट कलेक्ट गर्ने, इनपुट बिक्री गर्ने, लास्ट माइल सर्भिस दिने काम गर्छ । नेपाल सरकारका विभिन्न सुचना, बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने विभिन्न अनुदान तथा ऋण, बालीनालीको चक्रबारेका जानकारीलगायत विभिन्न जानकारी उसले समुदायमा बाँड्छ र उनीहरुलाई एग्रिनेपालको अभियानमा जोड्ने काम पनि गर्छ ।’
यस कार्यक्रमले कृषि क्षेत्रमा रोलमोडल तयार पार्ने र अरुलाई प्रेरित गर्ने लक्ष्य राखेको छ । कृषिदूतहरूले आफ्नो व्यवसाय विकास गर्ने, नवीनतम प्रविधि प्रयोग र प्रसार गर्ने, सीप हस्तान्तरण गर्ने, वित्तीय पहुँचमा समन्वय गर्ने, किसान क्रेडिट कार्डबारे बुझाउने, नीतिगत समस्या समाधानमा पहल गर्ने, बजार सञ्जाल विस्तार गर्ने, र विभिन्न सरोकारवालाहरूसँग समन्वय गर्ने जिम्मेवारी लिन्छन् ।
एग्रि नेपालले मेगा बैंकसँगको सहकार्यमा ‘किसान क्रेडिट कार्ड’ अवधारणा पनि ल्याएको छ । बस्न्यात भन्छन्, ‘यो किसानलाई दिइने लोन हो, जुन कार्ड थ्रु दिइन्छ । तर यो नर्मल क्रेडिट कार्डजस्तो होइन, यसमा क्यूआर स्क्यान हुन्छ र पैसा एग्रोभेट वा तोकिएको मर्चेन्टमा मात्र प्रयोग गर्न मिल्छ । यसले लगानी कृषिमै हुने सुनिश्चित गर्छ ।’ हाल ग्लोबल आईएमई बैकसँग पनि यसका लागि सहकार्य भइरहेको छ ।
त्यसैगरी, कम्पनीको कृषि लगानी नामक डिजिटल प्लेटफर्मले वित्तिय पारिस्थितिकी प्रणालीलाई थप बलियो बनाउने काम गरिररहेको छ । ‘यसले ऋण लिदाँ किसानलाई दस्तावेज तयार गर्न सहजीकरण गर्छ । यसमा पाँचवटा बैंकसँग हाम्रो टाइअप थियो,’ बस्न्यातले भने ।
आध्यान्त फन्ड म्यानेजमेन्टले आयोजना गरेको डायल एक्सिलेटर कार्यक्रममा सहभागी भएर एग्रि नेपालले एग्रि इन्टेलिजेन्स प्लेटफर्म र कृषिदूतको मोडललाई एकिकृत रुपमा विकास गर्न खोजिरहेको छ । कम्पनीको भविष्यको लक्ष्यबारे बस्न्यात भन्छन्, ‘कृषि सेक्टरलाई सक्षम बनाउने, दिगो बनाउने, किसानले राम्रो पैसा पाओस्, बजार पाओस् भन्ने नै हाम्रो लक्ष्य हो ।
Comments
अरु समाचार
-
सांसद भट्टचनको पहलमा दामोदरकुण्ड र गुरुसाङ्वो गुफा पदमार्गमा दुई झोलुङ्गे पुल बन्ने !
काठमाडौं । संघीय सांसद देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङ जिल्लाका दुई महत्वपूर्ण धार्मिक पदमार्गहरूमा झोलुङे पुल निर्माण हुने भएको छ। सांसद...
-
जी सेभेनको बैठक छाडेर अमेरिका फर्किए ट्रम्प, तेहरान खाली गर्न आह्वान
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका नै फर्किएका छन्। मङ्गलबारसम्म सम्मेलनको कार्यक्रम भए पनि क्यानडा र...
-
विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं । सोमबार राति परेको पानीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको छ । बाढीले विनयी त्रिवेणी गाउँपालिकाको...
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
काठमाडौं । यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौंवासीका घरघरमा वितरण हुने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन् ।...
-
त्रिदेशीय टी–२० क्रिकेट: आज नेपाल र स्कटल्यान्डको भिडन्त
काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने...
-
कसरी हुँदैछ औपचारिक क्षेत्रका श्रमिकको पारिश्रमिक वृद्धि?
काठमाडौँ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम पारिश्रमिक पुनरवलोकन प्रक्रिया वैज्ञानिक विधिबाट अघि बढाउने तयारी गरिएको छ । श्रम, रोजगार...
-
इजरायलमा इतिहासकै ठूलो आक्रमण गर्ने इरानको चेतावनी
तेहरान । तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ । इरान–इजरायलबीचको द्वन्द्व झन...
-
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो वर्षा
काठमाण्डौ । नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै नवलपरासी पूर्वमा...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक...