एग्रिनेपालः प्रविधिको प्रयोगले कृषकलाई शशक्त बनाउँदै
काठमाडौं । सुनिता नुमाफुकी लामो समयदेखि कृषि क्षेत्रको प्रवद्र्धनमा सक्रिय छिन् । आफ्नो अनुसन्धानका क्रममा जलवायु, बालीमा लाग्ने रोग, बजारलगायत विषयमा किसानसँग यथेस्ट जानकारीको कमी भएको महसुस उनले गरिन् । त्यसपछि सन् २०१२ देखि डम्बर खनालसँग मिलेर आर एन्ड डि इनोभेटिभ सोलुसन प्राली दर्ता गर्दैै ‘कृषक र प्रविधि’ म्यागजिन सुरु गरिन् । यस म्यागेजिनले किसानहरुलाई खेती गर्ने तरिका तथा तापक्रम, रोग र कुन ठाउँमा कस्तो बाली लगाउने भन्ने विषयमा सुचना प्रवाह गरिरहेको छ ।
त्यस्तै, किसान र कृषि क्षेत्रमा नव प्रवेशीहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूका परम्परागत कृषि कर्मलाई सफल उद्यमशीलतामा रूपान्तरण गर्न अथक प्रयास गरिरहेको छ । आर एन्ड डि इनोभेटिभ सोलुसन प्रालीले एग्रिनेपाल डटकम नामक अनलाइन प्लेटफर्म पनि सञ्चालन गरिरहेको छ । यसको लक्ष्य कृषिमा प्रविधि र नवप्रवर्तनलाई प्रवद्र्धन गर्नु हो । यसको प्रमुख डिजिटल उत्पादनहरू एग्री नेपाल एपले किसानहरूलाई महत्वपूर्ण कृषि–तथ्याङ्क, बजार अन्तर्दृष्टि, मौसम जानकारी, र उत्तम अभ्यास दिशा निर्देशहरूमा सहज पहुँच प्रदान गर्ने गर्दछ ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) आकाश बस्न्यात भन्छन्, ‘माटोदेखि बजारसम्मको नवीन मोडेलमा काम गर्ने यो नेपालको पहिलो एग्रिटेक कम्पनी हो । यसले विशेषगरी कृषि सञ्चार, वित्तीय पहुँच, बाली भित्र्याइसकेपछिको क्षति न्यूनीकरण, कृषि बजार सञ्जाल विस्तार र कृषि सम्बन्धी कार्यक्रम व्यवस्थापनमा विशेषज्ञता हासिल गरेको छ । हाम्रो काम किसानलाई खेतीमा सहयोग गर्ने, बजारसँग जोड्ने, सुनिश्चित गर्नेलगायत हो ।
एग्रि नेपालले ५,००० भन्दा बढी कृषि फर्महरू र २०,००० भन्दा बढी व्यक्तिगत किसानहरूलाई सेवा प्रदान गरिरहेको छ । यसले २० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु तथा ५०० भन्दा बढी एग्रो–भेटेरिनरी व्यवसायहरूसँग यसले सहकार्य गरिरहेको छ । ‘एग्रि नेपालको लक्ष्य एक यस्तो कृषि पारिस्थितिक प्रणालीको विकास गर्नु हो । जहाँ खेती केवल जीवनयापनको माध्यम मात्र नभई, एक लाभदायक र सम्मानित पेशा बनोस् । हाम्रो ट्यागलाइन नै ‘क्रिएटिङ इकोनोमिक अपर्चुनिटिज इन एग्री भ्यालु चेन’ भन्ने छ,’ बस्न्यातले थपे ।
आर एण्ड डी इनोभेटिभ सोलुसनले खण्डीकृत समाधानहरू प्रदान गर्दैन, बरु, यसले बीउदेखि बजारसम्म र त्यसपछिको सम्पूर्ण कृषि मूल्य शृंखलालाई सम्बोधन गर्न डिजाइन गरिएका सेवा र उत्पादनहरूको एक विस्तृत प्याकेज प्रदान गर्दछ । संस्थापक सुनिता नुमाफुकी भन्छिन्, ‘नेपालमा पछिल्ला वर्षहरुमा कृषि पेशाप्रति आकर्षण घट्दो छ । हामी त्यसलाई फेरि पुरानै अवस्थामा फर्काउन चाहन्छौं । कृषिलाई निर्वाहमुखी होइन । व्यवसाहिक बनाउन चाहन्छौं ।’
बाली काटिसकेपछिको नोक्सानी न्यूनीकरणका लागि ‘कूलबोट’ प्रविधि र इ–कमर्स प्लेटफर्मको प्रवद्र्धनमा पनि कम्पनीले जोड दिएको छ । सीओओ बस्न्यात थप्छन्, “२०१४ मा हामीले ग्रीनमार्ट (तरकारी पसल) खोल्यौं, तर हरियो तरकारीको पोस्ट हार्भेस्ट व्यवस्थापन चुनौतीपूर्ण भएपछि डाटा ड्रिभन र इ–कमर्सतिर लाग्यौं ।’
एग्रि नेपालले सन् २०१९ मा चितवनमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई समेटेर ‘कृषि कर्जा मेला’ आयोजना गरेको थियो, जहाँ ऋणदाता र ऋण चाहिने किसानबीच प्रत्यक्ष भेटघाट भयो । ‘हामीले किसानहरुमा वित्तिय पहुँचको अभाव रहेको महसुस गरेरै यो मेला आयोजना गरेका थियौं र कृषि क्षेत्रमा लगानी गर्न वित्तिय संस्थाहरु आकर्षित रहेको पनि यसले देखायो । ’
गाउँ—गाउँका किसानलाई व्यवसाहिक रुपमा अघि बढाउन र प्रविधिसँग जोड्नका लागि एग्रिनेपालले सन् २०२३ यता कृषि दूतको अवधारणा अघि सारेको छ । संस्थापक सुनिता नुमाफुकी भन्छिन्, ‘कृषिदूत भनेको उद्यमी हो, जसले कृषि सम्बन्धी काम गर्न सक्छ । बीमा एजेन्टजस्तै, उसले आउटपुट कलेक्ट गर्ने, इनपुट बिक्री गर्ने, लास्ट माइल सर्भिस दिने काम गर्छ । नेपाल सरकारका विभिन्न सुचना, बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने विभिन्न अनुदान तथा ऋण, बालीनालीको चक्रबारेका जानकारीलगायत विभिन्न जानकारी उसले समुदायमा बाँड्छ र उनीहरुलाई एग्रिनेपालको अभियानमा जोड्ने काम पनि गर्छ ।’
यस कार्यक्रमले कृषि क्षेत्रमा रोलमोडल तयार पार्ने र अरुलाई प्रेरित गर्ने लक्ष्य राखेको छ । कृषिदूतहरूले आफ्नो व्यवसाय विकास गर्ने, नवीनतम प्रविधि प्रयोग र प्रसार गर्ने, सीप हस्तान्तरण गर्ने, वित्तीय पहुँचमा समन्वय गर्ने, किसान क्रेडिट कार्डबारे बुझाउने, नीतिगत समस्या समाधानमा पहल गर्ने, बजार सञ्जाल विस्तार गर्ने, र विभिन्न सरोकारवालाहरूसँग समन्वय गर्ने जिम्मेवारी लिन्छन् ।
एग्रि नेपालले मेगा बैंकसँगको सहकार्यमा ‘किसान क्रेडिट कार्ड’ अवधारणा पनि ल्याएको छ । बस्न्यात भन्छन्, ‘यो किसानलाई दिइने लोन हो, जुन कार्ड थ्रु दिइन्छ । तर यो नर्मल क्रेडिट कार्डजस्तो होइन, यसमा क्यूआर स्क्यान हुन्छ र पैसा एग्रोभेट वा तोकिएको मर्चेन्टमा मात्र प्रयोग गर्न मिल्छ । यसले लगानी कृषिमै हुने सुनिश्चित गर्छ ।’ हाल ग्लोबल आईएमई बैकसँग पनि यसका लागि सहकार्य भइरहेको छ ।
त्यसैगरी, कम्पनीको कृषि लगानी नामक डिजिटल प्लेटफर्मले वित्तिय पारिस्थितिकी प्रणालीलाई थप बलियो बनाउने काम गरिररहेको छ । ‘यसले ऋण लिदाँ किसानलाई दस्तावेज तयार गर्न सहजीकरण गर्छ । यसमा पाँचवटा बैंकसँग हाम्रो टाइअप थियो,’ बस्न्यातले भने ।
आध्यान्त फन्ड म्यानेजमेन्टले आयोजना गरेको डायल एक्सिलेटर कार्यक्रममा सहभागी भएर एग्रि नेपालले एग्रि इन्टेलिजेन्स प्लेटफर्म र कृषिदूतको मोडललाई एकिकृत रुपमा विकास गर्न खोजिरहेको छ । कम्पनीको भविष्यको लक्ष्यबारे बस्न्यात भन्छन्, ‘कृषि सेक्टरलाई सक्षम बनाउने, दिगो बनाउने, किसानले राम्रो पैसा पाओस्, बजार पाओस् भन्ने नै हाम्रो लक्ष्य हो ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
कांग्रेसले टुङ्ग्यायो समानुपातिकतर्फका २० जना सांसदको नाम
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको...
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज, समानुपातिक सांसदको टुंगो लगाउने
काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।...
-
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
मनकामना मन्दिरबाट फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै ज्यान गयो
गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको ज्यान गएको छ । शनिबार...
-
एमालेले टुंग्यायो समानुपातिक सांसद, क-कसको नाम चयन ?
काठमाडौं । नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा...












