ताजा समाचार

जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना

काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन गरेको छ। ललितपुरको झम्सिखेलमा सम्पन्न बैठकमा जेनजी आन्दोलनमा सहभागी १०० भन्दा बढी सदस्य, घाइते तथा सहिद परिवारको उपस्थिति रहेको थियो।

बैठकले कार्यकारी समिति विस्तारको जिम्मेवारी मिरज ढुङ्गाना, अजय सोडारी र सुनिल सिंहलाई दिएको छ। साथै सल्लाहकार संयोजकमा हरिश भट्ट चयन भएका छन्।

बैठकमा सहभागीहरूले वर्तमान सरकारले आन्दोलनको भावना अनुसार काम नगरेको आरोप लगाएका छन्। जेनजी आन्दोलनविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै उनीहरूले सरकार अपदस्थ गर्ने घोषणा गरेका छन्।

सर्वपक्षीय सहमति, सर्वपक्षीय सरकार गठन तथा संविधान पुनर्लेखन र संशोधनको मागसहित संयुक्त जेनजी आन्दोलन समितिले भोलि दिउँसो १ बजे काठमाडौंको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।

पत्रकार सम्मेलनमार्फत सडकमा रहेका जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई समेट्दै संयुक्त आन्दोलनका आगामी कार्यक्रम सार्वजनिक गरिने समितिले जानकारी दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org