ताजा समाचार

ताइवानलाई हतियार बिक्री गरेपछि चीनद्वारा अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध

बेइजिङ — ताइवानलाई हतियार बिक्री गरेको आरोप लगाउँदै चीनले अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ। चिनियाँ विदेश मन्त्रालयका अनुसार १० जना व्यक्ति र २० वटा अमेरिकी रक्षा तथा एअरोस्पेस कम्पनीलाई लक्षित गरी प्रतिबन्ध घोषणा गरिएको हो। समाचार संस्था रोयटर्सले यो जानकारी दिएको छ।

प्रतिबन्धको सूचीमा विश्वकै ठूला एअरोस्पेस कम्पनीमध्ये एक बोइङ पनि समावेश रहेको छ। मन्त्रालयका अनुसार प्रतिबन्धमा परेका कम्पनी र व्यक्तिहरूको चीनभित्र रहेका सम्पत्ति रोक्का गरिनेछ भने चिनियाँ संस्था तथा व्यक्तिहरूलाई उनीहरूसँग कुनै पनि प्रकारको व्यापारिक सम्बन्ध राख्न निषेध गरिनेछ।

अमेरिकाले गएको हप्ता ताइवानलाई ११ अर्ब १० करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने घोषणा गरेपछि चीनले यो कदम चालेको हो। ताइवानका लागि हालसम्मकै ठूलो अमेरिकी हतियार प्याकेज घोषणा भएपछि चीनमा तीव्र असन्तुष्टि देखिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org