ताजा समाचार

चुहावट नियन्त्रणका लागि समिति

Bijulisकाठमाडौँ, १८ भदौ । ऊर्जा मन्त्रालयले विद्युत् चुहावट नियन्त्रणका लागि एक समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक वज्रभूषण चौधरी, उपप्रबन्धक विजय चौधरी, इन्जिनियर जयराज भण्डारी र स्वतन्त्रविज्ञ डा नेत्र ज्ञवाली सदस्य हुनुहुन्छ ।

समितिलाई विद्युत् उत्पादन, प्रसारण र वितरणको सिलसिलामा हुने प्राविधिक तथा अप्राविधिक चुहावट नियन्त्रण गर्ने जिम्मेवारी दिइएको ऊर्जामन्त्रीका स्वकीय सचिव वसन्त शर्माले जानकारी दिनुभयो ।

समितिले विद्युत् चुहावटको अवस्थाको अध्ययन तथा विश्लेषण गर्ने, विद्युत् चुहावट घटाउन चाल्नुपर्ने कदमका बारेमा सुझाव दिने, चुहावट घटाउन कार्ययोजना बनाउने, विद्युत् चुहावट न्यूनीकरणका लागि प्रोत्साहन संयन्त्र तयार गर्ने जस्ता काम गर्नेछ ।

यस्तै समितिले चुहावट नियन्त्रणका लागि नियमित अनुगमन तथा निरीक्षणको कार्ययोजना बनाई लागू गर्ने, चुहावटसम्बन्धी सूचना लिई स्थलगत अनुगमन तथा निरीक्षण गरी कारबाही गर्ने, चुहावट नियन्त्रणबारे सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र चुहावट नियन्त्रणका क्रममा आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि प्रजिअसँग आवश्यक समन्वय गर्नुपर्नेछ ।

प्राधिकरणका अनुसार हाल २५ प्रतिशत विद्युत् चुहावटका कारण खेर गइरहेको छ । चुहावट मात्रै नियन्त्रण गर्न सकिएका खण्डमा करिब २०० मेगावाट विद्युत् बचत हुने प्राधिकरणको जिकिर छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org