ताजा समाचार

नेकपा (एमाले)द्वारा ५५ जनालाई सम्मान

इलाम, माघ १२ गते । । नेकपा (एमाले) इलामले एकतप्पा गाविसका ५५ जना वृद्धवृद्धा तथा एकल महिलालाई सम्मान गरेको छ । नेकपा (एमाले)ले सञ्चालन गरेको संविधान कार्यान्वयनसम्वन्धी चारमहिने अभियानअन्तर्गत मङ्गलबार गाविसको कार्यालयमा आयोजित कार्यक्रममा ५५ जनालाई सम्मान गरेको हो ।

नेकपा (एमाले) इलामका अध्यक्ष राम राना, पार्टी सचिव महेश बस्नेतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । सो अवसरमा अध्यक्ष रानाले आफ्नो पार्टी सरकारमा भएका समयमा वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिन सुरुवात गरेको र बर्सेनि भत्ता वृद्धि गर्दै लगेको बताउनुभयो ।

 

बालबालिकालाई ज्याकेट वितरण

यसैबीच, सामाजिक क्षेत्रमा अग्रसर बन्दै आएको इलाम सोसियल इनिसिएटिभ (क्लोथ बैंक)ले देउमाई नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका बालबालिकालाई कोरियन ज्याकेट वितरण गरेको छ ।

क्लोथ बैंकले जाडोको समयमा विद्यालय जान समस्या भोगिरहेका विपन्न बालबालिकालाई मङ्गलबार ज्याकेट वितरण गरेको हो । देउमाई नगरपालिकाको मङ्गलबारेमा आयोजना गरेको ज्याकेट वितरणमा उक्त नगर क्षेत्रका नौवटा विद्यालयका करिब ९० जना बालबालिकालाई ज्याकेट वितरण गरेको संस्थाका सचिव विभूषण राईले जानकारी दिनुभयो ।

स्थानीय नगर बाल संरक्षण तथा संवद्र्धन उपसमितिको संयोजनमा गरिएको ज्याकेट वितरणमा लक्ष्मी, जनकल्याण, नागेश्वरी, सुर्के आधारभूत विद्यालय, भगवती माविलगायत नौवटा विद्यालयका विद्यार्थी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org