ताजा समाचार

फागुन ५ गतेदेखि बूढासुब्बा गोल्डकपको १९ औ संस्करण सुरु हुने

काठमाडौं । बूढासुब्बा गोल्डकपको १९ औ संस्करण फागुन ५ गतेदेखि प्रारम्भ हुने भएको छ । १९ औं संस्करणमा देश–विदेशका गरी १० टिमको सहभागिता रहने आयोजक धरान फुटबल क्लबले जनाएको छ । गोल्डकपमा भारत, भुटान, हङकङ, बंगलादेशसहित ‘ए’ डिभिजनका उत्कृष्ट ४ तथा आयोजक गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

बूढासुब्बा गोल्डकपको १९ औं संस्करणमा पुरस्कार राशि बढाइएको छ । १९ औं संस्करणको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । १८ औं संस्करणको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पाएका थिए ।

प्रतियोगिताका हाइस्कोररले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट कोच, उत्कृष्ट स्ट्राइकर उत्कृष्ट मिडफिल्ड तथा उत्कृष्ट डिफेन्सले जनही १५–१५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीलाई यामाहाको सेलुटो मोटरसाइकल प्रदान गरिनेछ । गोल्डकपको प्रचारका लागि माघ २० गतेदेखि मिडिया कप तथा धरानको भानु चौकमा सांगीतिक कार्यक्रमसमेत सञ्चालन गरिने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org