ताजा समाचार

क्रिष्टियानो रोनाल्डोभन्दा नेमार धेरै राम्रा खेलाडी : पेले

 

एजेन्सी । ब्राजिलियन फुटबलका लिजेन्ड पेलेले नेमार रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोभन्दा धेरै राम्रा खेलाडी भएको बताएका छन्।
पेलेले चार पटक बेलोन डिअर फुटबलको अवार्ड जितेका रोनाल्डोभन्दा ब्राजिलियन खेलाडी नेमार ‘धेरै उत्कृष्ट’ रहेको बताएका हुन्। रोनाल्डोले सन् २०१६ मा चौथो पटक बेलोन डिअर अवार्ड र वर्षको सर्वोत्कृष्ट फिफा पुरुष वर्ष खेलाडी घोषित भएका थिए।
रोनाल्डोले हात पारेका महत्वपूर्ण अवार्ड र उपलब्धिका बाबजुत पनि नेमार उनीभन्दा मैदानमा धेरै राम्रा खेलाडी भएको दाबी पेलेले गरे। ‘नेमारको एउटा समस्या भनेको हेडिङमा छ,’पेलेले भने,‘रोनाल्डो नेमारभन्दा राम्रा खेलाडी होइनन्।’
पेलेले भनेका छन्–‘प्राविधिकरुपमा नेमार रोनाल्डोभन्दा धेरै राम्रा खेलाडी हुन्। तर, जब रोनाल्डोले खेलमा टाउको प्रयोग गर्छन्। उनी राम्रा देखिन्छन्। नेमारले हेडबाट गोल गरेको तपाईँले देख्नु भएको छैन।’ ब्राजिलका लागि ९१ वटा खेल खेलेका पेलेले देशका लागि ७७ गोल गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org