बार्सिलोना अध्यक्ष भने,-‘एनरिकेको बिकल्प सोचेका छैनौं’
काठमाडौं । स्पेनिस च्याम्पियन बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले क्लबका प्रशिक्षक लुइस एनरिकेको बिकल्पबारे सोचिनसकेको बताएका छन् । एनरिकेको बार्सिलोना भविश्य आगामी अप्रिलमा निर्णय हुनेछ ।
एनरिकेको बार्सिलोनासँगको सम्झौता यसै सिजनको अन्तिमसम्म मात्र हो । र गत आइतबार लेगानेसबिरुद्धको २–१ को संघर्षपूर्ण जितका बाबजुद पनि समर्थकले उनको आलोचना गर्न थालेका छन् ।
तर बार्सिलोनाका अध्यक्ष बार्टोमेउले स्पेनिस टेलिभिजन टिभी(थ्रीलाई दिएको अन्तर्वार्तामा क्लबको प्राथमिकता एनरिकेलाई निरन्तरता दिनु नै रहेको बताएका छन् । ‘गएका केहि बर्षमा उनले क्ललाई लगभग सबै उपाधि दिलाएका छन्, र बार्सिलोनाका समर्थक उनीसँग निकै खुसी छन्’ बार्टोमेउले भनेका छन् ।
सन् २०१४ मा क्लबमा आवद्ध भएपछि एनरिकेले डेब्यु सिजनमै च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको उपाधि जितेका थिए । गत सिजन पनि बार्सिलोनाले ला लिगा र कोपा डेल रे जितेको थियो ।
तर, यस सिजन भने बार्सिलोनाका लागि निक्कै संघर्षपूर्ण छ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पिएसजीसँग ४-० को पराजयले बार्सिलोना टिम र समर्थक निक्कै आहत छन् ।
ला लिगाको १७ औं स्थानमा रहेको लेगानेससँगको खेलमा पनि बार्सिलोनाले २(१ को संघर्षपूर्ण जित निकालेको थियो, जुन मेस्सीको अन्तिम मिनेटको पेनाल्टीले सम्भव भएको थियो ।
सन् २०१२ यता घरेलु लिग जित्न नसकेको रियल मड्रिड अहिले लिगको शीर्ष स्थानमा छ । बार्सिलोना मड्रिडभन्दा एक अंकले पछाडि छ तर, बार्सिलोनाले दुई खेल बढी खेलेको छ ।
‘हामीले आगामी अप्रिलमा एनरिकेसँग सोध्नेछौं कि उनके के महशुस गरिरहेका छन्, त्यो भन्दा अर्को योजना हामीसँग छैन’ बार्टोमेउले भने, ‘उनले आफ्नो जिम्मेबारी सफलतापूर्वक निभाएका छन् र हामी अहिले सिजनको सबैभन्दा महत्वपूर्ण क्षणमा छौं ।’
बार्सिलोना यस सिजन कोपा डेल रे को फाइनलमा पुगिसकेको छ र उपाधिका लागि अलाभेससँग खेल्दैछ । त्यस्तै आगामी मार्च ८ मा च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पिएसजीलाई घरमा स्वागत गर्दैछ ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...