तत्काल निर्वाचन आचारसंहिता लागु हुन्छ : प्रमुख निर्वाचन आयुक्त डा.यादव
न्युज–नेपाल संवाददाता/काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने स्पष्ट पारेका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यही हप्ताभित्रै आचार संहिता लागु गर्छ, शुन्य सहनशिलताका आधारमा हामी आचार संहिता लागु गर्नेगरि विशेष छलफलमा छौं, आचार संहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ति केही हुन दिँदैनौं ।’
प्रमुख आयुक्त डा.यादवले आयोगले निश्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने बताउँदै भने,‘हामी फ्रि एण्ड फेयर निर्वाचन गर्छौं।’
उनले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै भने,‘सफलता प्राप्त गर्नको लागि तीन घण्टा नै काफी छ, हामीसँग त ८२ दिन बाँकी छ, सफलता प्राप्त गर्न निरन्तरता चाहिन्छ।’ उनले निर्वाचन हुँदैन कि भनेर अब कसैलेपनि शंका गर्न नहुने जिकिर गरे।
यादवले आफूले चूनौति भन्दापनि अब प्रशस्त अवसरहरु देखेको उल्लेख गर्दै भने,‘निर्वाचनको मिति घोषणा भएको छ, कानून तथा ऐनहरु आएका छन्, त्यसैले निर्वाचन हुन्छ।’ अक्सिजनको सिलिण्डर बोकेर त मान्छेले सगरमाथा चढेको छन्, उनले अघि भने,‘निर्वाचन आयोगसँग त लगनशिल कर्मचारीहरु छन्, आयोगसँग दक्ष जनशक्ति छ।’
त्यस्तै उनले नेपाल सरकारले पनि आयोगलाई विश्वास दिलाएको उल्लेख गर्दै भने,‘कुनैपनि साधन र स्रोतको कमी हुन दिन्नौं भनेर सरकारले भनेको छ, आवश्यक जनशक्तिको लागि पूर्ण भरोसा दिलाएको छ।’ उनले सरकारले खुट्टा नकमाउनेमा आफू पूर्ण विश्वस्त रहेको समेत बताए। यादवले सरकारले खुट्टा कमाए आमसञ्चार साक्षी रहेको बताए।
त्यस्तै उनले निर्वाचन सफल बनाउनको लागि राजनीतिक शक्ति पनि एउटा ठूलो आधार भएको टिप्पणी गरे। यादवले थपे,‘दलहरुवीच विश्वासको वातावरण बढ्दै गईरहेको छ, आपसी सद्भाव देखिरहेको छु, छलफल भैरहेको छ, यो सकारात्मक कुरा हो।’
उनले स्थानीय निर्वाचन देश र जनताको लागि नै अति आवश्यक रहेको बताए। यादवले थपे,‘यो निर्वाचन हाम्रो जीवनसँग जोडिएको छ, हाम्रो अधिकार खोसिएको अवस्थामा थियो, अहिले जनताको अधिकार प्राप्त भएको छ, अब चुनावले त्यो अधिकार सुनिश्चितता गर्छ।’ उनले निर्वाचन आयोगका गतिविधिहरुलाई जनतासमक्ष पुर्याउन मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको बताउँदै भने,‘हाम्रा गतिविधिहरु पारदर्शी छन्।’
उनले अन्र्तराष्ट्रिय जगतकोपनि सहयोग र सद्भाव रहने विश्वास दिलाए। उनले भने,‘आचार संहिताको सिमाभित्र रहेर उहाँहरुको सद्भाव र सहयोगको अपेक्षा गरेका छौं।’
यादवले चुनावको लागि अति आवश्यक मतपत्र जनक शिक्षा सामाग्रीको क्षमताले मात्रै नभ्याउने भएकोले के गर्ने भन्नेबारेमा पनि छलफल भैरहेको जनाए। उनले थपे,‘त्यस्तै व्यालेट बक्सपनि अन्यत्रबाट ल्याउनुपर्छ, ८० लिटरको २५ हजार बक्स चाहिन्छ, प्लाष्टिक पारदर्शीको बक्स चाहिन्छ।’
उनले स्थानीय तह पूर्नसंरचना अनुसार नयाँ संरचनाको भूगोल गाउँपालिकाहरुमा कर्मचारी खटनपटनकोलागि आफूहरुले सरकारसँग आग्रह गरेको समेत जानकारी दिए।
यसअघि आयोगले दुई चरणमा चुनाव गर्ने भनेर भनेपनि अब एकै चरणमा गर्ने भएकोले त्यसको लागि आफूलाई धन्यवाद दिनुपर्ने बताए।
उनले विद्युत्तीय भोटिङ् मेशिनको सम्भावना नभएको समेत स्पष्ट पारे। यादवले भने,‘अब मतपत्रमै निर्वाचन हुन्छ।’ यादवले नेपालमा विद्युत्तीय मेशिनको उत्पादन नभएकोले पनि अब भोटिङ् मेशिनको सम्भावना नरहेको धारणा राखे। उनले अहिले २१ हजार मतदान केन्द्र रहेकोले यसैको आधारमा निर्वाचन गर्ने जनाए। मतदाता शिक्षा कार्यक्रम अन्र्तगर्त बुकलेट, ब्रोशरहरु छपाउने उनको भनाई थियो।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...