ताजा समाचार

झापा पत्रकर महासंघमा सापकोटा


काठमाडौं । नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा तारामणी सापकोटा निर्वाचित भएका छन् । माओवादी निकट प्रेस सेन्टरसँग आबद्ध उनले प्रेस चौतारीका गोपाल काफ्लेलाई १३ मत अन्तरले हराएर अध्यक्ष बने । सापकोटाले १ सय २९ मत प्राप्त गरे भने काफ्लेले १ सय १६ मत मात्र पाए ।
खुल्ला उपाध्यक्षमा एकराज गिरी निर्वाचित भए । उनले प्रतिद्वन्दी गोपाल झापालीलाई हराए ।महिला उपाध्यक्षमा भीमाकुमारी शिवाकोटी र सचिवमा सन्तोष आचार्य निर्वाचित भएका छन् ।
खुला सह(सचिवमा केशव भट्टराई, समावेशी सह(सचिवमा इन्द्रजित मुखिया निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा १ सय २८ मत ल्याउँदै ईश्वर अधिकारी निर्वाचित भए भने खुल्ला सदस्यतर्फ विनोद सापकोटा, लक्ष्मी काफ्ले, देबु बानियाँ, उत्तम नेपाल, पार्थ मण्डल, रञ्जित प्रसाई, रमेश तिवारी, लीलाराज झापाली र सुशीला संग्रौला निर्वाचित भए ।

महिला सदस्यमा सुष्मा राजवंशी, दलिततर्फ रञ्जित परियार र जनजातितर्फ अनिलदेव राई निर्वाचित भए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org