ताजा समाचार

आइजीपी नियुक्ति विवादको सुनुवाई हुँदै

 

काठमाडौं । नेपाल प्रहरीमा विवादित महानिरीक्षक ९आइजीपी० को सुनुवाई आज हुँदैछ । सर्वोच्च अदालतमा परेका दुई मुद्दाको सुनुवाई हुने भएको हो ।डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयसँगै सर्बोच्च अदालतले यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशको सुनुवाइ हुन लागेको हो ।

सरकारले तेस्रो बरियताका डिआइजी चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि अधिवक्ता कपिलदेव ढकालले सर्बोच्चमा रिट दायर गरेका थिए । त्यसपछि पहिलो बरियताका डिआइजी नवराज सिलवालले पनि आफू आइजीपी हुन किन नसक्ने भन्दै अर्को रिट दायर गरेका थिए । प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासमा यस मुद्दाको सुनुवाइ हुनेछ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org