ताजा समाचार

प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।
मंगलबार राति सम्पन्न मतगणनाको परिणामअनुसार कुल १ हजार ६ सय २३ मतमध्ये सम्बाहाम्फेले ८ सय ७१ र उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७ सय ५१ मत ल्याए । निर्वाचित अध्यक्ष सम्बाहाम्फे १ सय २० मत अन्तरले विजयी भएका हुन् ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा डिके ढुङ्गाना तथा खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आरसी श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी भए । महासचिवमा राजेन्द्र बानियाँ र कोषाध्यक्षमा टङ्क भट्टराई निर्वाचित भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org