ताजा समाचार

स्ववियु निर्वाचनको प्रक्रिया सुरु (सूचीसहित)

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको प्रक्रिया आज सुरु भएको छ । विभिन्न दल समर्थित विद्यार्थीको आन्दोलनका कारण निर्वाचन चार दिन पछि सरेपछि कार्यतालिका समेत प्रभावित भएको थियो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार, आज पहिलो दिन मतदाता नामावली प्रकाशन हुनेछ । देशभर रहेका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा एक साथ नामावली प्रकाशन हुने र आजै २ बजेसम्म मतदाता सूचीमाथि दावी विरोध गर्ने समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।

दाबी विरोधमाथि छानबिन गरी भोली मध्यान्न १२ बजे अन्तिम नामावाली प्रकाशन गरिनेछ । भोली साँझ ५ बजेसम्म उम्मेदवारलाई मनोनयनपत्र वितरण गर्न कार्यतालिका छ ।

यसैगरी यही १४ गते बिहान १० देखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारी मनोनयन गर्ने र सोही दिन साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने त्रिविले जनाएको छ ।

यस्तै १५ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध गर्ने समय तोकिएको छ । मध्यान्न १२ बजे उम्मेदवारको दाबी विरोधमाथि छानबिन गरी नामावली प्रकाशन गरिने छ ।

सोही दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय दिएको त्रिबिले साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । ८ बर्षपछि हुन लागेको स्ववियु निर्वाचन यही १८ गते हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org