ताजा समाचार

मोर्चाका कार्यकर्ता हिंसामा उत्रिए, छानीछानी पहाडे नेताका घर तोडफोड गर्दै

सप्तरी ११ फागुन । बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।

मोर्चा कार्यकर्ताहरुले गरेको ढुँगा प्रहारबाट कार्यालयको झ्यालको दुई वटा सिसा फुटेको छ । आन्दोलनकारीले कार्यकारी अधिकृत यादवराज सापकोटाको नेम प्लेट समेत बाहिर ल्याएर फालिदिएका छन् ।

मोर्चा कार्यकर्ताहरुले बुधबार बिहानैदेखि सप्तरीको बिभिन्न ठाउँमा नाराबाजी गर्दै पसलहरु बन्द गराएका छन् । बिहानैदेखि मोर्चा कार्यकर्ताहरुले राजविराज, कंचनपुर, भारदह, कल्याणपुर, बोदे बर्साइन, पातोसहित जिल्लाका प्रमुख बजारहरु बन्द गराएका छन् ।

पूर्व पश्चिम राजमार्गमा पनि सबारी चलेका छैनन् । मोर्चाको बन्दका कारण सप्तरीका सरकारी कार्यालयको समेत कामकाज ठप्प छ ।

संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेको बिरोधमा मोर्चाले बुधबार एक दिनका लागि मधेश बन्दको आह्वान गरेको छ । मोर्चाले बन्दको पूर्व सन्ध्यामा मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको थियो ।

जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । साथै मोर्चाका कार्यकर्ताले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बसेको घर समते घेराउ गरेका छन् ।

स्थानीय तह चुनाव घोषणाविरुद्ध मधेस बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताले ब्रहृमपुरी क्षेत्रमा मोटरसाइकल र्‍याली निकाल्न खोजेका थिए, जहाँ एमाले नेता रघुवीर महासेठको घर छ र, गौतम त्यही बसेका थिए ।

मोर्चाका कार्यकर्ताले महासेठको घर घेराउ गरेपछि तनाव उत्पन्न भएको छ । सदभावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले शान्तिपूर्णरुपमा र्‍याली निकाल्न खोज्दा एमाले कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाव सिर्जना भएको बताए ।

शनका अनुसार झडपका क्रममा राजु साह, कुलदीप साह लगायत घाइते भएका छन् । र, उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org