ताजा समाचार

आइजीपी बढुवा मुद्दाः बहस सकिएन,आज पनि हुने

काठमाडौं । प्रहरी महानिरीक्षक बढुवाको बिरुद्ध परेका मुद्दाको सुनुवाई हिजो
नसकिएपछि आज  पनि हुने भएको छ । मुद्दा हेर्दा हेर्दैमा राखेको सर्वाेच्च अदालतका प्रवक्ता विश्वराज पौडेलले न्युज– नेपाललाई बताए ।

सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केशीको संयुक्त इजलासमा यो मुद्दाको बहस भइहरको हो ।

सरकारले गत १ गते डिआइजी जयबहादुर चन्दलाई आइजीपीमा बढुवा गरेपछि त्यसविरुद्ध परेका रिटमाथि हिजोदेखि सुनुवाई सुरु भएको हो ।

प्रधान न्यायाधीश सुशिला कार्कीका एकल इजलासले आइजीपी बढवाको प्रकृया यथा अवस्थामा राख्न अन्तरिम आदेश दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org