ताजा समाचार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको खेलकुद तथा रचनात्मक सप्ताह हुने

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको तेस्रो खेलकुद तथा रचनात्मक सप्ताह फागुन २५ गतेदेखि तेस्रो खेलकुद तथा रचनात्मक सप्ताह सुरु हुने भएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको अध्यक्षतामा बसेको क्याम्पस प्रमुख तथा स्वतन्त्र विद्यार्थी युनियन सहितको बैठकले २०७३ फाल्गुन २५ गतेदेखि चैत्र १ गतेसम्म अन्तरक्याम्पस खेलकुद तथा रचनात्मक प्रतियोगिता स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सम्पन्न गर्ने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी बिष्णु कुमार खड्काले जानकारी दिए । उनका अनुसार खेलकुद प्रतियोगितामा महिला तथा पुरुष भलिबल प्रतियोगिता, टेबलटेनिस, ब्याडमिन्टन, फुटबल, चेस, क्रिकेट र रचनात्मक प्रतियोगितातर्फ कविता, गजल, वक्तृत्वकला , लोक नृत्य र हाजिरीजवाफ प्रतियोगिताहरू समावेस गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष झक्क शाहीको संयोजकत्वमा स्ववियु सचिव भरत शाही लगायतको विश्वविद्यालयको स्ववियुले सञ्चालन गर्ने उक्त प्रतियोगितामा समूह दर्ता गर्ने अन्तिम मिति २०७३ फाल्गुन २३ गते साझ ५ बजेसम्म तोकिएको छ र यस अघि विश्वविद्यालयको पहिलो र दोस्रो खेलकुद तथा रचनात्मक सप्ताह सम्पन्न गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org