जुत्ता सिलाएरै छोराछोरीलाई महंगो स्कूलमा
सुर्खेत । वीरेन्द्रनगर स्थित मंगलगडीचोकको छेउमा टहरा छापिएको छ । बजार जानेहरु बाटो त्यही हुदै जान्छन् । त्यही छाप्रोमा ६० वर्षीय देउमा मिजार ४ वर्षदेखि च्यातिएका र चुडिएका जुताचप्पल टालेर बसेकी छन् ।
दैलेखबाट सुर्खेत आएको १२ वर्ष भइसके छ । घरमा ठूलो परिवार छ । ४ जना छोरा छोरीहरुलाई पालनपोषण शिक्षा/दीक्षा दिनकै लागि भएपनि उनी जुटेकी यसरी बसेकी हुन् । छोराछोरीलाई गाउँमा कुटो कोदालो गरेर उनले हुर्काइन् । सुर्खेत आइसकेपछि भने श्रीमान/श्रीमती मिली जुत्ता सिलाएर जीवन चलाउँदै आएका छन् ।
तर,उनलाई एउटा पेसा गरेर बस्ने सुर चल्यो । र, उनले छाला जुत्ता मर्मत पसल थालिन । फाटेका जुत्ता खुब टालिन । तर, उनको जीवन कहिलै फाटेन । बरु तिनै फाटेका जुताले उनले जीवन सिलारह्यो ।
सुरुमा त बजार पनि त्यति विस्तार भएको थिएन । जसोतसो दिन काट्न मात्रै हुन्थ्यो । तर, विस्तारै उनी आफ्नो सीपमा पेसागत हुँदै गईन । जुत्ता सिलाएरै जीवन चल्ला भन्ने उनलाई विश्वास नै थिएन । तर, अचेल उनी दङ्ग छिन् ।
उनी आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट देखिएकी छन् । एउटा मज्जाको कुरा के छ भने नि देउमा मिजार ४ वर्षदेखि जुता सिलाएर गुजारा मात्र चलाएकी छैनन् है, उनका छोराछोरीलाई बोर्डिङ स्कुलमा महङ्गो शुल्क तिरेर पढाएकी छन् ।
देउमा एक जना पात्र मात्रै थिइन् । उनी जस्ता धेरैले जुता सिलाउने पेसालाई अँगालेका छन् । वीरेन्द्रनगर १९ जयपुरका गंगाराम सार्की अहिले ६३ वर्षको भए । घरमा नुनतेल खाने पैसा नहुँदा च्यातिएका जुता सिलाउदै आएको ४ वर्ष भएको उनले वताए ।
उनले भने,‘घरमा छोराछोरी छन् । काम केही छैन । घरमा बस्ने खाने गरेको छन् । हामी बुढाबुढीलाई चिन्ता हुन्छ । बिहान–बेलुका काम गरि खाने जाती हो । उनले दुखेसो गरे कहिले दिनभरी बसीबसी मात्र घरमा जान्छौ कमाईको एकिन छैन । कहिले दिनमा २ ÷४ सय हुन्छ कहिले ५ पैसा पनि हुँदैन ।
गंगाराम आँखाले च्यातिएको र फाटेको ठाउँ देखे पुग्छ । अब यो पेसा पनि संकटमा पदै गएकोले बाँच्न धौधौ हुन बताए । अर्को पश्चिम सुर्खेत बाबियाचौरका बल सार्कीको पनि पेशा यही छ । बाबियाचौरमा जुता सिलाउनेको संख्या धेरै भएपछि सुर्खेत एरिचोकमा घर भाडामा बसि जुता सिलाउने पेशा अगालेको छन । ३ वर्षदेखि वीरेन्द्ररको मंगलगडीचोकमा जुता सिलाउदै आएका छन् ।
७ जनाको परिवार चलाउनकै लागि कति पटक भारत पुगेका बलबहादुर भारतमा केही सम्भावन नदेखेपछि नेपाल फकिएका थिए । स्थानीय मंगलगडचौकमा बसी ७ जनाको परिवार पाल्दैको बताए ।
उनले भने,‘कमाईको ठेगना छैन कहिले ३ सय हुन्छ । कहिले ५० रुपैया हुन्छ । घर भाडा तिरेर खान लागउन ठिक हुन्छ ।’ उनी बिहान १० बजे आफनो ठाउँमा आइपुग्ने गरेको बलबहादुरले बताए । अहिले आफनो पेशमा सन्तुष्ट भएको बताए ।
Comments
अरु समाचार
-
सिद्धबाबा सुरुङमार्ग : छिचोलिए तीन वटै ‘बाइपास’
काठमाडौं । ‘मृत्युमार्ग’ का रूपमा चिनिने सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत तीन वटै सहायक सुरुङमार्ग (बाइपास)...
-
जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य
काठमाडौं । जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू बृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । एमाले केन्द्रीय...
-
मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।...
-
ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते
काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका–५, बालिबिसौनामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । मंगलवार...
-
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
काठमाडौं । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई...
-
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
काठमाडौं । के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन...
-
चितवनमा भोलिदेखि ‘मह उत्सव’
काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना गर्ने...
-
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन
काठमाडौं । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला...